१० आश्विन २०७७, शनिबार || 26 Sep 2020, Saturday

११ साउन , २०७७

सर्लाहीमा २ बालिका पोखरीमा मृत भेटिए

सर्लाहीको ईश्वरपुर नगरपालिकामा बाख्रा चराउन गएका दुई जना बालिका मृत अवस्थामा फेला परेका छन्
सर्लाहीमा २ बालिका पोखरीमा मृत भेटिए

सर्लाहीको ईश्वरपुर नगरपालिकामा बाख्रा चराउन गएका दुई जना बालिका मृत अवस्थामा फेला परेका छन् ।

ईश्वरपुर नगरपालिका १४ हरकठवा बस्ने रामपृत महतोको १३ वर्षीया छोरी अन्जली कुमारी महतो र सोही ठाउँका आनन्द महतोकी १० वर्षीया छोरी आरती कुमारी महतो मृत फेला परेका हुन् ।

उनीहरु शनिबार बिहान १० बजेतिर बाख्रा चराउन गएका थिए । साँझसम्म दुवै घर नफर्किएपछि आफन्तहरुले खोजी सुरु गरेका थिए । खोजतलासको क्रममा स्थानीय प्रकाश महतोको नयाँ खन्दै गरेको पोखरीमा दुवै जनाको शव फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

दुवै बालिकाको कपडा र चप्पल पोखरी छेउमा भेटिएको उनले बताए । दुवै बालिकाको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल मलंगवा ल्याइसकिएको र घटनाको अनुसन्धान सुरु गरेको प्रवक्ता कुँवरले बताए ।

साभार – अनलाइन खबर
प्रतिक्रिया दिनुहोस