२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

११ साउन , २०७७

भारतमा एकैदिन चार लाखभन्दा बढीको कोरोना परीक्षण

 भारतमा पछिल्लो २४ घण्टामा चार लाखभन्दा बढी मानिसको कोरोना भाइरस (कोभिड–१९) को परीक्षण भएको छ
भारतमा एकैदिन चार लाखभन्दा बढीको कोरोना परीक्षण

भारतमा पछिल्लो २४ घण्टामा चार लाखभन्दा बढी मानिसको कोरोना भाइरस (कोभिड–१९) को परीक्षण भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा चार लाख ४२ हजार ३१ नमुनाको कोरोना भाइरसको परीक्षण गरिएको हो ।

पछिल्लो २४ घण्टामा भएका परीक्षणमध्ये सरकारी प्रयोगशालामा तीन लाख ६२ हजार १५३ नमुना परीक्षण गरिएको थियो भने निजी प्रयोगशालामा ७९ हजार ८७८ नमुना परीक्षण गरिएको थियो । यससँगै भारतमा प्रति १० लाख मानिसमा परीक्षणको संख्या ११ हजार ४८५ पुगेको छ ।

त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४८ हजार ६६१ नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि १३ लाख ८५ हजार ५२२ पुगेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि ३२ हजार ६३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ७०५ जनाको मृत्यु भएको हो ।

भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा कोरोना भाइरसका संक्रमितको संख्या तीन लाख ६६ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् । तामिलनाडुमा संक्रमितको संख्या दुई लाख ६ हजार नाघेको छ भने दिल्लीमा एक लाख २९ हजार कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।

साभार – अनलाइन खबर

प्रतिक्रिया दिनुहोस