३० भाद्र २०७७, मंगलवार || 15 Sep 2020, Tuesday

गोरखा युनाईटेड पब्लिक स्कुलको १६ सय विद्यार्थीको विमा

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी बाँके शाखाको लकडाउनका बाबजुद ३ करोड ५५ लाख बराबरको कारोबार :प्रमुख सापकोटा

सुखमा सबैले साथ दिए पनि दुखमा आपतविपतमा विमा कम्पनीले साथ दिन्छ : प्रमुख यज्ञ प्रसाद सापकोटा
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी बाँके शाखाको लकडाउनका बाबजुद ३ करोड ५५ लाख बराबरको कारोबार :प्रमुख  सापकोटा

साउन १२ गते २०७७
देशभरिमा ४६ शाखा रहेको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी बाँके शाखाले लकडाउनका बाबजुद ३ करोड ५५ लाख बराबरको कारोबार गरेको छ ।आर्थिक वर्ष २०७६/२०७७मा सवारी साधानको २ हजार ७५,कृषिमा २ सय ७९,घरसम्पत्ति विमा १ हजार ३ सय ६५,बैदेशिक रोजगारी विमा १,ट्रान्जिट विमा २९,ईन्जिनियरिङ ८६र दुर्घटनाका १ सय ५५ विमा गराउन सफल लुम्बिनी जनरल ईन्स्योरेन्स बाँके शाखाले यो आ.वमा भ्याट बापत ३६ लाख बुझाएको छ । लुम्बिनी जनरल ईन्स्योरेन्स बाँके शाखा का प्रमुख यज्ञ प्रसाद सापकोटाले देश भरिमा लाईफ ईन्स्योरेन्स १९ वटा र ननलाईफ ईन्स्योरेन्स २० वटा गरेर ३९ वटा ईन्स्योरेन्सले विमा सेवाको सुविधा प्रदान गरिरहेको बताए ।उनले पछिल्लो अवस्थामा कृषि विमा बारे किसानहरु जागृत हुदै गएकाले खसीबोका,अष्ट्रिच,बंगुर,गाईभैसी,कुखुराको विमा गरेर किसानहरु सुरक्षित मनोभावनाका साथ पशुपालन मा लागेको बताए ।

कृषि सम्बन्धी विमा गर्दा कृषि प्राविधिकले जात,उमेर र निरोगिताको सिफारिस गरे पछि किसानले जम्मा २५ प्रतिशत र नेपाल सरकारको ७५ प्रतिशत अनुदान गरेर लागत रकम बराबरको विमा गरिने गरेको प्रमुख यज्ञ प्रसाद सापकोटाले बताए । उनले विद्यालयहरुले पनि थर्डपाटी दुर्घटना विमा गर्ने प्रचलन बढेको भन्दै कोहलपुर स्थित गोरखा युनाईटेड पब्लिक स्कुलले मात्र १६ सय विद्यार्थीको विमा गराएको बताउदै अरु विद्यालयहरुले पनि विमा गराएको बताए ।उनले जुनसुकै प्रकारका रोग र सम्भावित खतराको सामना गर्नै पर्ने खतरा पुर्ण रुपमा रोक्न नसके पनि भैपरि हुने क्षति न्यूनीकरणमा विमाले मानविय जिवनमा दुखको साथीका रुपमा काम गरिरहेको बताए । लुम्बिनी जनरल ईन्स्योरेन्स कम्पनी मा बिमा गर्न गराउन अपिल गर्दै प्रमुख यज्ञ प्रसाद सापकोटाले सुखमा सबैले साथ दिए पनि दुखमा आपतविपतमा विमा कम्पनीले साथ दिईरहेकाले शिक्षा,स्वास्थ्य,कृषि,सवारी साधान,पशुपन्छी,घर पसल कलकारखानाको विमा गराउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस