९ आश्विन २०७७, शुक्रबार || 25 Sep 2020, Friday

‘यो आफ्नो सुरक्षा आफैँ गर्ने बेला हो’

‘त्रासका बाबजुद व्यापार गरिरहेका छौँ, व्यापार नगरौँ भने खान पाइँदैन, व्यापार गरौँ भने कोरोनाको त्रास छ :व्यापारी बिष्णु मैनाली

‘लकडाउन खुलेपछि जताततै मानिसको भीडभाड छ, सामाजिक दूरी पनि कायम गरेको देखिदैन,सजग बन्न सुझाव : कोरोना फोकल पर्सन डा. संकेत रिसाल
‘त्रासका बाबजुद व्यापार गरिरहेका छौँ, व्यापार नगरौँ भने खान पाइँदैन, व्यापार गरौँ भने कोरोनाको त्रास छ :व्यापारी बिष्णु मैनाली

साउन १२ गते २०७७
कोरोना महामारी नियन्त्रण गर्न लगाइएको लकडाउन खुकुलो पारिएसँगै नेपालगन्जमा भीडभाड बढेको छ। बजार र सार्वजनिक यातायातका साधनमा सर्वसाधारणको थामिनसक्नु भीड देखिन्छ। यसले महामारीका बेला सहज बनाउनुको साटो जनजीवनलाई थप जोखिममा पारेको छ। सर्वसाधारणको भीड बढिरहँदा सदरलाइन र त्रिभुवन चोकका व्यापारीमा कोरोना संक्रमण देखिएको छ। किनमेलका क्रममा दैनिक सैयौं मानिससँग सम्पर्कमा रहेका व्यापारी नै संक्रमित भएपछि यहाँ त्रास बढेको छ। त्रिभुवन चोकमा एक मिठाई पसल संचालन गर्दै आएका ती व्यापारीमा कोरोना संक्रमण पुष्टि भएपछि आसपासका व्यापारी तथा सर्वसाधारणमा कोरोनाको त्रास बढेको हो। पछिल्लो पटक नेपालगन्ज उपमहानगरपालिका-११ सदरलाइनका दुई जनामा कोरोना पुष्टि भएको छ। शनिवार सार्वजनिक पीसीआर रिपोर्ट अनुसार नेपालगन्ज उपमहानगरपालिका-११ का एक पुरुषमा कोरोना पुष्टि भएको हो।

शुक्रबार पनि सोही वडाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। छिमेकमै कोरोना संक्रमित फेला परेपछि सर्वसाधारणमा त्रास फैलिएको जुत्ता, चप्पल व्यापारी बिष्णु मैनालीले बताए। ‘त्रासका बाबजुद व्यापार गरिरहेका छौँ, व्यापार नगरौँ भने खान पाइँदैन, व्यापार गरौँ भने कोरोनाको त्रास छ, व्यापार गर्ने की बन्द गर्ने दोधारमा छौँ,’ उनले भने। समुदायस्तरमै कोरोना संक्रमण फैलिएपनि राज्यले चासो नदेखाएको स्थानीयले बताएका छन्‌। संक्रमितको घर र पसल भएको क्षेत्र सील गर्ने नीति भए पनि राज्यका निकायले यस प्रति चासो नदिएकाले संक्रमणको खतरा झनै बढेको उनीहरू बताउँछन्‌। नेपालगन्जमा मजदुरी गर्दै आएकी बर्दियाकी एक महिलामा पनि कोरोना पुष्टि भएको छ। उनी कामका खोजीमा त्रिभुवन चोकमा आएको बेला जिल्ला स्वास्थ्य कार्यालयको टोलीले स्वाब लिएको थियो। उनी पनि काम खोज्दै हरेक दिन त्रिभुवन चोकमा पुग्ने गरेकी थिइन्। बाँकेमा समुदायस्तरमा कोरोना पुष्टि हुनेको संख्या सात पुगेको छ। यी मध्ये दुई जना कोहलपुरका हुन्। बजारमा जात्रा १ जिल्लामा नयाँ संक्रमित फेला परेपनि यहाँका सर्वसाधारणमा कोरोनाको त्रास घटेको छ। त्राससँगै स्वास्थ्य सामग्रीको प्रयोग, हात धुने र सेनिटाइजर लगाउने बानी पनि हट्दै गएको छ। अनिवार्य गरिएपनि किनमेलका लागि बजार गएकाहरुले समेत मास्क लगाउने गरेका छैनन्।

हिँड्‌डुल र किनमेलका लागि हिँडेकाहरूको अनुहारमा मास्क देखिँदेन। पसलमा गएकाहरुले सामाजिक दूरी पालना नगरी भीडभाडमै किनमेल गरिरहेको नेपालगन्ज उपमहानगरपालिका(१३ का केशव डाँगीले बताए। ुपहिले(पहिले ग्राहकले टाढाबाट सामान किनमेल गर्थे, व्यापारीले पनि ग्राहक बस्ने सीमा तोकिदिएका हुन्थे, अहिले न ग्राहकले नियम पालना गर्छन्, न त व्यापारीले नै सामाजिक दूरीको ख्याल गरेको पाइन्छ,’ उनले भने। नेपालगन्ज उपमहानगरपालिका(१२, का मोहम्मद हुसैनले कोरोना महामारीबाट पहिले झैं डर नलाग्ने गरेको बताए। ‘पहिले बेला(बेलामा हात धुने, सेनिटाइजर लगाउने, अरूसँग टाढा बस्ने, भीडभाडमा नजाने र मास्क नलगाएर बाहिर निस्कन्थ्यौँ। पछिल्लो समय डर हटेसँगै सजगता पनि कम अपनाउन थालेको महशुस हुन्छ,’ उनले भने। लकडाउन खुकुलो भएपछि नेपालगन्जका बैंक, वित्तीय संस्था, सरकारी कार्यालय र संस्थानमा सर्वसाधारणको भीड लाग्ने गरेको छ। महसुल बुझाउन तथा अन्य प्रयोजनका लागि कार्यालयमा पुगेकाहरूले पनि सामाजिक दूरी ख्याल नगरेको नेपालगन्ज उपमहानगरपालिका(१० का राधेश्याम धोबीले बताए। ‘लाइनमा बसेका सर्वसाधारणलाई कोरोनाको चिन्ताभन्दा कसरी छिटो महसुल बुझाउने भन्ने चिन्ता भएको देखिन्छ,’ उनले भने।

‘पहिले सबैजना सजग थिए, सामाजिक दूरीको ख्याल गर्थे, अति आवश्यक काम बाहेक घरबाट बाहिर निस्कँदैनथे र पो सुरक्षित थियौँ,’ उनले थपे। सजग रहन चिकित्सकको सुझाव समुदायस्तरमा कोरोना संक्रमण देखिएकाले महामारीबाट जोगिन सजग रहन चिकित्सकले सुझाव दिएका छन्। लकडाउन खोलेसँगै क्वारेन्टाइनमा सीमित रहेको कोरोना समुदायस्तरमा देखिएपछि चिकित्सकले सजग हुन सुझाव दिएका हुन्। सरकारले लकडाउन खोलेपनि कोरोना संक्रमणको जोखिम झनै बढेर गएको भन्दै चिकित्सकले भीडभाडमा नजान, मास्क प्रयोग गर्न, समय(समयमा साबुनपानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने, मुख र नाकमा हात नलैजान तथा तातो पानी तथा झोलिलो कुरा खान सुझाएका छन्‌।

भेरी अस्पतालका ग्याष्ट्रोलोजिष्ट फिजिसियन समेत रहेका कोरोना फोकल पर्सन डा. संकेत रिसालले लकडाउन खोलेपछि कोरोना संक्रमणका जोखिम झनै बढेकाले सजग बन्न सुझाव दिए। ‘लकडाउन खुलेपछि जताततै मानिसको भीडभाड छ, सामाजिक दूरी पनि कायम गरेको देखिदैन,’ डा. रिसालले भने, ‘यो आफ्नो सुरक्षा आफैँ गर्ने बेला हो।’ उनले कोरोनाबाट जोगिन कार्यालय, बैंक, वित्तीय संस्था वा पसलमा जाँदा कम्तीमा एक मिटरको दूरी कायम राख्नुपर्ने बताए। पहिलेको भन्दा पछिल्लो समय कोरोनाको जोखिम बढेको उनले बताए। ‘पहिले क्वारेन्टाइनमा सिमित भएकोले त्यति जोखिम थिएन, अब समुदायस्तरमा फैलिएकाले पहिलेभन्दा अहिले जोखिम बढेको छ,’ उनले भने। पीसीआर विधिबाट कोरोना जाँच हुन नसकेकोले संक्रमितको संख्या एकिन गर्न नसकिने बताए।

साभार थाहा खबर

प्रतिक्रिया दिनुहोस