३० भाद्र २०७७, मंगलवार || 15 Sep 2020, Tuesday

हवाई इन्धनको राजस्व संकलनमा पनि घाटा

नेपालगन्ज भन्सार कार्यालयलाई १ अर्ब १० करोड ८९ लाख ९१ हजार रुपैयाँ राजस्व घाटा

आर्थिक वर्ष ०७५/०७६ मा यो भन्सारबाट ३ अर्व २३ करोड ३५ लाख ११ हजार रुपैयाँ राजस्व संकलन भएकोमा, गत आवमा २अर्व ३४ करोड ३३ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन भएको छ
नेपालगन्ज भन्सार कार्यालयलाई १ अर्ब १० करोड ८९ लाख ९१ हजार रुपैयाँ राजस्व घाटा

साउन १३ गते २०७७ ,बाँके
लकडाउनका कारण​ पेट्रोलियम पदार्थको आयात घटेपछि नेपालगन्ज भन्सार कार्यालयलाई १ अर्ब १० करोड ८९ लाख ९१ हजार रुपैयाँ राजस्व घाटा भएको छ। पेट्रोलियम पदार्थको खपत घट्दा आर्थिक वर्ष ०७६/०७७ मा हाई स्पीड डिजेल आयातबाट ८९ करोड १२ लाख ७३ हजार रुपैयाँ राजस्व घाटा भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले जानकारी दिए। आर्थिक वर्ष ०७५/०७६ मा यो भन्सारबाट ३ अर्व २३ करोड ३५ लाख ११ हजार रुपैयाँ राजस्व संकलन भएको थियो, तर गत आवमा २अर्व ३४ करोड ३३ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन भएको छ। साविक वर्षभन्दा यसपटक पेट्रोलतर्फ ५८ करोड २९ लाख रुपैयाँ कम राजस्व संकलन भएको बताउँदै उनले खाना पकाउने एलपी ग्यासतर्फ पनि ११ करोड ८१ लाख ९३ हजार रुपैयाँ कम राजस्व संकलन भएको बताए। हवाई इन्धनको राजस्व संकलनमा पनि ४ करोड १२ लाख ३४ हजार रुपैयाँ घाटा भएको प्रमुख भन्सार अधिकृत निरौलाले जानकारी दिएका छन्‌।

प्रतिक्रिया दिनुहोस