३० भाद्र २०७७, मंगलवार || 15 Sep 2020, Tuesday

मैले एक रुपैयाँ पनि खाँदिन, गलत काम पनि हुन दिन्न

अवैध क्रसरमाथिको एक्सनमा कोहि कसैसँग कम्प्रमाइज नगर्ने गलत गर्नेलाई कारबाही:डीआईजी रवीन्द्र धानुक

छिमेकी जिल्ला बाँकेमा अबैध क्रसर बन्द भएपछि दाङमा पनि अबैध क्रसर बन्द गर्न सिडिओ र एसपिमाथी चौतर्फी दबाब बढेको छ
अवैध क्रसरमाथिको एक्सनमा कोहि कसैसँग कम्प्रमाइज नगर्ने  गलत गर्नेलाई कारबाही:डीआईजी रवीन्द्र धानुक

साउन १२ गते २०७७

५ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी रवीन्द्र धानुकले दाङ सहित प्रदेश ५ का अवैध क्रसरमाथिको एक्सनमा कोहि कसैसँग कम्प्रमाइज नगर्ने बताउँदै गलत गर्नेलाई कारबाही हुने चेतावानी दिएका छन् । डीआईजी धानुकले अवैध क्रसरमाथि प्रहरीले छानबिन गरिरहेको भन्दै गलत काम सबै बन्द हुने दावी समेत गरे ।

‘अवैध क्रसरमाथि हुने एक्सनमा प्रहरीबाट कुनै कम्प्रमाइज हुँदैन, कानुन विपरित देखिने र सूचना आउने काम सबै बन्द हुन्छ । यसमा ढुक्क भए हुन्छ,’ धानुकले भने, ‘जागिरको उत्तरार्धमा भएको बेला मैले एक रुपैयाँ पनि खाँदिन, गलत काम पनि हुन दिन्न । अवैध क्रसर माथिको एक्सनमा सम्झौता पनि हुन्न ।’

डीआईजी धानुकले आफु नै सक्रिय भइ अवैध क्रसरमाथि निगरानी बढाउन र छानबिन गर्न प्रदेश मातहतका जिल्ला प्रहरी प्रमुखहरुलाई लिखितरुपमा निर्देशन दिइसकेका छन् । डीआईजीको चासोपछि पहिलोपटक दाङ प्रहरीले डीएसपी सुमित खड्काको नेतृत्वमा अवैध क्रसरबारे छानबिन गर्न समिति समेत गठन गरेको छ । समितिलाई प्रतिवेदन बुझाउने समय ७ दिनलाई दिइएको छ ।

डीआईजी धानुकले अवैधरुपमा चलिरहेका क्रसरबारे छानबिन गर्न निर्देशन दिएपछि जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले पनि घटनाबारे चासो देखाएका छन् ।

बाँकेमा सिडिओ, एसपी र जिल्ला समन्वय समिती मिलेर आफै २४ वटा अवैध क्रसर बन्द गरेका छन । छिमेकी जिल्ला बाँकेमा अबैध क्रसर बन्द भएपछि दाङमा पनि अबैध क्रसर बन्द गर्न सिडिओ र एसपिमाथी चौतर्फी दबाब बढेको छ ।

दाङमा ४५ वटा क्रसर चालु अवस्थामा रहेपनि ३५ वटा क्रसरले बालुवा प्रशोधनका नाममा अवैधरुपमा क्रसिङको काम गरिरहेको जिल्ला समन्वय समिति र घरेलु साना उद्योग कार्यालय दाङले जानकारी दिएको छ ।

साभार रातोपाटी

प्रतिक्रिया दिनुहोस