३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा सारियो

गुल्मीमा पहिरोले ६ परिवार विस्थापित, ट्रकसमेत पुरियो

गुल्मीको चन्द्रकोट गाउँपालिकामा पहिरोले ६ घर परिवार विस्थापित भएका छन्
गुल्मीमा पहिरोले ६ परिवार विस्थापित, ट्रकसमेत पुरियो

१३ साउन , २०७७

गुल्मीको चन्द्रकोट गाउँपालिकामा पहिरोले ६ घर परिवार विस्थापित भएका छन् । सोही गाउँपालिकामै एउटा ट्रक पहिरोमा पुरिएको छ ।

जिल्लाको चन्द्रकोट गाउँपालिकाको वडा नम्बर-७ खसिमारे भन्ने स्थानमा लु६ख ७७९२ नम्बरको ट्रक पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

टवलबाट सिमेन्ट, ग्यास, छड र फेन्सी सामानहरु लिएर शान्तिपुर जाँदै गरेको ट्रक बाटोमा हिलोमा अडकिएको बेला माथिबाट झरेको पहिरोले सोहोरेर झण्डै १ किलोमिटर तल लगेको प्रहरीले जनाएको छ । पहिरोले ट्रकमा राखिएका सामान र गाडीमा समेत क्षति भएको छ ।

सोमबार साँझ हिलो बाटोमा अड्किएको ट्रक डोजरले तान्दा टोचन चुँडिएपछि त्यत्तिकै छाडिएको थियो । गएराति करिब साढे बाह्र बजे पहिरोले सो ट्रकलाई पुरेको हो । पहिरोले ट्रक पुरे पनि मानवीय क्षति भने भएको छैन ।

जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा सारियो

यसैबीच अबिरल वर्षासँगै गएको पहरोले गुल्मीमा ६ घर विस्थापित भएका छन् । सोमबार राति जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर-८ बास्कोटमा सोमबार रातिदेखि परिरहेको वर्षाको कारण पहिरो जाँदा ६ घर परिवार विस्थापित भएका हुन् ।

केही गोठमा पनि पनि क्षति पुगेको र घर नै जोखिममा रहेको स्थानीय रुपेश नेपालीले जानकारी दिए । अबिरल वर्षाका जोखिममा परेका घर परिवारलाई तत्कालका लागि जनता बाल निकेतन मावि पिपलपाटामा बस्ने व्यवस्था मिलाउने काम भैरहेको छ ।

साभार – अनलाइन खबर

प्रतिक्रिया दिनुहोस