४ आश्विन २०७७, आईतवार || 20 Sep 2020, Sunday

ओली पक्ष भने दुवै पद नछाड्ने अडानमा

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) दुर्घटनाउन्मुख :मन्त्री योगेश भट्टराई

ध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललगायतले पछिल्लोपटक कम्तीमा एक पद ओलीले छाड्दैपर्ने भन्दै दबाब बढाइरहेका छन्
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) दुर्घटनाउन्मुख :मन्त्री योगेश भट्टराई

साउन १३ गते २०७७
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्य योगेश भट्टराईले आफ्नो पार्टी दुर्घटनाउन्मुख भएको जनाउनुभएको छ । मंगलबार दिउँसो ट्वीट गर्दै उहाँले यस्तो संकेत गर्नुभएको हो । यद्यपि, उहाँले ट्वीटमा विस्तृत कुरा खुलाउनुभएको छैन ।

‘दुर्घटना नजिक देखिन्छ । सबै रोकिऔं । सल्लाह गरौं ।’–संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहनुभएका उहाँले लेख्नुभएको छ । नेकपाभित्रको आन्तरिक किचलोतर्फ उहाँको यो ट्वीट लक्षित रहेको बुझ्न सकिन्छ ।

नेकपामा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीइतर समूहले ओलीले तत्काल प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरिरहेको छ । ओली पक्ष भने दुवै पद नछाड्ने अडानमा छ ।

नेकपाका अर्को अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललगायतले पछिल्लोपटक कम्तीमा एक पद ओलीले छाड्दैपर्ने भन्दै दबाब बढाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस