३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

पहिरोमा १ भैंसी र ४ बाख्रा पनि पुरिएका

दार्चुला जिल्लाको दुहु गाउँपालिका ३ स्थित सल्लेखेतीमा मंगलबार बिहान पहिरोमा परी बेपत्ता दुईजनाको शव भेटियो

सल्लेखेतीका ५० वर्षीय रामदत्त जोशी र उनकी श्रीमती ४५ वर्षीया इन्द्रा जोशीको शव फेला परेको दार्चुलाका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए
दार्चुला जिल्लाको दुहु गाउँपालिका ३ स्थित सल्लेखेतीमा मंगलबार बिहान पहिरोमा परी बेपत्ता दुईजनाको शव भेटियो

साउन १३ गते २०७७
दार्चुला जिल्लाको दुहु गाउँपालिका ३ स्थित सल्लेखेतीमा मंगलबार बिहान पहिरोमा परी बेपत्ता दुईजनाको शव भेटिएको छ। घरको माथिबाट पहिरो खस्दा एकै परिवारका दुईजना बेपत्ता भएका थिए। सल्लेखेतीका ५० वर्षीय रामदत्त जोशी र उनकी श्रीमती ४५ वर्षीया इन्द्रा जोशीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए।पहिरोमा १ भैंसी र ४ बाख्रा पनि पुरिएका थिए ।

प्रतिक्रिया दिनुहोस