२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

त्यो पुरानो टुटेको साइनोलाई जोड्न आएको छु

बिपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति र सूर्यबहादुर थापाको परिवर्तनलाई आत्मसात गर्ने बिचारको संगममा खडा भएर कांग्रेसमा प्रवेश :नेता सुनिल थापा

पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापा सायद २००८ मा विराटनगरको नेपाली कांग्रेसको कोषाध्यक्ष भएको र पछि धनकुटाको प्रथम सभापति भएको सुनेको छु
बिपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति र सूर्यबहादुर थापाको परिवर्तनलाई आत्मसात गर्ने बिचारको संगममा खडा भएर कांग्रेसमा प्रवेश :नेता सुनिल थापा

साउन १३ गते २०७७ भेटियो
नेता सुनिल थापाले नेपाली कांग्रेससँग टुटेको नाता फेरि जोड्न लागेको बताएका छन् । यस अवसरमा आफूलाई गौरव महसुश भएको प्रतिक्रिया दिए । राप्रपाबाट पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्ने क्रममा थापाले यस्तो बताएका हुन् ।

‘म फेरि नेपाली कांग्रेससँग टुटेको नाता जोड्न आएको छु । मलाई थाहा भएसम्म पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापा सायद २००८ मा विराटनगरको नेपाली कांग्रेसको कोषाध्यक्ष भएको र पछि धनकुटाको प्रथम सभापति भएको सुनेको छु । आज मेरो प्रवेशले त्यो पुरानो टुटेको साइनोलाई जोड्न आएको छु,’ थापाले भनेका छन् ।

आफूहरु बिपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति र सूर्यबहादुर थापाको परिवर्तनलाई आत्मसात गर्ने बिचारको संगममा खडा भएर कांग्रेसमा प्रवेश गरेको पनि थापाले बताए । थापाले राप्रपा छाडेर जान नहुने सुझावका बावजुद कांग्रेसमा प्रवेश गरेको जनाएका छन् । थापाले अघि भनेका छन्, ‘कतिले बाबुले खोलेको पार्टी छोड्नु हुँदैन भन्ने सुझाव दिए । तर त्यसबेला उहाँले अवलम्बन गरेको सिद्धान्तबाट राप्रपा पार्टी विचलित भएकोले पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छौँ ।’

 

प्रतिक्रिया दिनुहोस