२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

निबुवामा बाख्रा उपहार कार्यक्रम सम्पन्न

पशुपालन बारे तालिम लिन ,समयमा पशुको स्वास्थ्य जाँच गर्न र खसी,बाख्रा र बोका ले खाने घाँस उत्पादनमा जोड दिन आग्रह:अध्यक्ष नयन बहादुर शाही

दिदी बहिनीहरुले बचत गर्ने र उत्पादनमा लगानी गर्ने बानीको बिकास गरे सबै प्रकारको जोखिमहरुको न्युनिकरण हुने :अध्यक्ष बिजुला अधिकारी
पशुपालन बारे तालिम लिन ,समयमा पशुको स्वास्थ्य जाँच गर्न र खसी,बाख्रा र बोका ले खाने घाँस उत्पादनमा जोड दिन आग्रह:अध्यक्ष नयन बहादुर शाही

साउन १३ गते २०७७
कोहलपुर नगरपालिका ,हेफर प्रोजेक्ट नेपाल र महिला उपकार मञ्च कोहलपुर बाके को साझेदारी मा संचालित साना किसान उद्यमी सुदृढीकरण परियोजना अन्तरगत निबुवामा बाख्रा उपहार कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिका वडा नं १२ का अध्यक्ष नयन बहादुर शाहीले शिक्षा ,स्वास्थ्य र रोजगारमा योगदान दिन सक्ने पशुपालन बारे तालिम लिन समय समयमा पशुको स्वास्थ्य जाँच गर्न र खसी,बाख्रा र बोका ले खाने घाँस उत्पादनमा जोड दिन आग्रह गरे ।सो कार्यक्रम लाई सम्बोधन गर्दै महिला उपकार मञ्च कि अध्यक्ष बिजुला अधिकारीले दिदी बहिनीहरुले बचत गर्ने र उत्पादनमा लगानी गर्ने बानीको बिकास गरे सबै प्रकारको जोखिमहरुको न्युनिकरण हुने बताईन् । महिला उपकार मञ्चकि उपाध्यक्ष तथा परियोजना संयोजक चन्द्रकला न्यौपानेले सुन्दर बचत समूह निबुवा ले २०७६ असारमा प्राप्त २५ वटा बाख्रा बाट उत्पादन भएका १४ दगरी बाख्रा वडा नं १२ मै गठित शृजना बचत उपहार समुह लाई उपहारस्वरुप प्रदान गरेको बताईन् । सो समुह कि सचिव खिमा वली संचालन गरेको कार्यक्रमको अध्यक्षता समुहकि अध्यक्ष नरिता चन्दले गरेको सामुदायिक सहजकर्ता विमला विकले जानकारी दिईन् । सो कार्यक्रममा महिला उपकार मञ्चका सामुदायिक सहजकर्ता अनुप भुषाल ,कृष्ण आचार्य,वडा सदस्य कलरुपी बाठा लगायत सुन्दर बचत समुह र सृजना बचत उपहार समुहका सदस्यहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस