३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

शिव कोइराला राखेपको उपाध्यक्षमा नियुक्त भए

सिलवाल पुनः राखेपको सदस्य सचिवमा नियुक्त, उपाध्यक्षमा कोइराला

कोइरालाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को प्रचार प्रसार विभाग संयोजकको जिम्मेवारी निर्वाह गरेका थिए
सिलवाल पुनः राखेपको सदस्य सचिवमा नियुक्त, उपाध्यक्षमा कोइराला

साउन १२ गते २०७७

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिवमा रमेश सिलवाल नियुक्त भएका छन् । पदमुक्त भएको झन्डै तीन सातापछि सिलवाल पुनः सदस्यसचिवमा नियुक्त भएका हुन् । सिलवाललाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आगामी चार वर्षको लागि राखेप सदस्यसचिवमा नियुक्त गरेको मन्त्रिपरिषदमा सहभागि एक मन्त्रीले जानकारी दिए ।

आवेदन दिएका २७ जनामध्ये सिफारिस समितिले दिएको तीन जनाबाट निवर्तमान सदस्यसचिव सिलवाललाई पुनः राखेपको जिम्मेवारी दिइएको हो । त्यस्तै शिव कोइराला राखेपको उपाध्यक्षमा नियुक्त भएका छन् । कोइरालाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को प्रचार प्रसार विभाग संयोजकको जिम्मेवारी निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस