३० भाद्र २०७७, मंगलवार || 15 Sep 2020, Tuesday

७ सय ४६ जनाले कामदार भिसा लिए

भिसा नवीकरण गराउने विदेशी नागरिकको संख्या ७ हजार ८ सय ५२

यस अवधिमा नाता भिसा १ हजार १ सय ७६ जनाले लिएका छन्
भिसा नवीकरण गराउने विदेशी नागरिकको संख्या ७ हजार ८ सय ५२

साउन १५ गते २०७७

नेपालमा लकडाउन र अन्तर्राष्ट्रिय उडान बन्द भएपछि नेपालमै रोकिएका, विभिन्न कुटनीतिक नियोग, आयोजना तथा कार्यक्रममा कार्यरत कर्मचारी र गैरआवासीय नेपालीले १ असारमा कार्यालय खुला भएपछि भिसा नवीकरण गराएका छन् । यसरी १ असार २०७७ पछि भिसा नवीकरण गराउने विदेशी नागरिकको संख्या ७ हजार ८सय ५२ रहेको छ । जसमध्ये ४ हजार ५सय ५२ जनाको पर्यटक भिसा जारी तथा नवीकरण भएको छ ।

यस अवधिमा नाता भिसा १ हजार १ सय ७६ जनाले लिएका छन् । ७ सय ४६ जनाले कामदार भिसा लिएका छन् । ६सय ५३ जना विदेशीले व्यावसायिक भिसा लिएको अध्यागमनको तथ्याङ्क रहेको छ । गैरआवासीय नेपाली भिसा २सय२२ जनाले लिएका छन् । वैवाहिक भिसा २ सय ४८ र अध्ययन भिसा लिनेको संख्या २ सय २७ रहेको छ । आश्रति भिसा १८ जनाले लिए । आवासीय भिसा लिने ८ र अन्तरिम भिसा दिने मात्र २ जना रहेको विभागको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस