३० भाद्र २०७७, मंगलवार || 15 Sep 2020, Tuesday

एकीकृत गरेर लानुपर्यो कि त एकीकृत पार्टी विघटन गर्नुपर्यो

जनताको बहुदलीय जनबाद र आगामी कार्यभार

कुन बाटोबाट २ पटक प्रधानमन्त्री हुनुभयो प्रचण्ड कमरेड शसस्त्र द्वन्द्व या शान्तिपूर्ण संसदिय मार्गबाट ?
- अमृत प्रसाई

जनताको बहुदलीय जनबाद र आगामी कार्यभार

 

पछिल्लो समय नेकपामा देखिएको अन्तरकलहमा रमाउने स्वार्थी समूह बाहेक अधिकांस नेता, कार्यकर्ता र आम जनता जसले आफ्नो अमुल्य मत स्थिरता, सुशासन र समृद्ध नेपाल निर्माण गर्नको लागि तात्कालिन एमाले अध्यक्ष के।पी।ओलीले नेतृत्व गरेको बाम समूहलाई दिएका थिए ।

नेपाली कम्युनिस्ट राजनीतिको मुलप्रवाह एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनबाद जुन आफैमा हाम्रो देशको माटो सुहाउँदो मौलिक सिद्धान्त जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको हो । यहि सिद्धान्तलाई आत्मसात गर्दै अनुशासित संगठनात्मक संरचना भएको पार्टीले बिस्तारै प्रभुत्व बढाउदै देशकै ठुलो पार्टी बन्न पुग्यो पछि शशस्त्र द्वन्द्वलाई आत्मसात गरेको पार्टी माओवादीले शसस्त्र द्वन्द्वबाट मात्र सत्ता प्राप्त गर्न नसकिदो रहेछ भनेर १२ बुँदे सम्झौता गरि शान्तिपूर्ण मार्गबाट पनि सत्ता प्राप्त गरिदोरहेछ भन्ने कुराले घुमाउरो पाराले जनताको बहुदलीय जनबाद अंगिकार गरेको देखिन्छ । नत्र के १० बर्से शशस्त्र द्वन्द्वबाट राज्यसत्ता प्राप्त भयो त ? कुन बाटोबाट २ पटक प्रधानमन्त्री हुनुभयो प्रचण्ड कमरेड शसस्त्र द्वन्द्व या शान्तिपूर्ण संसदिय मार्गबाट ? अब बाकिरहेका फजुल कुराहरुलाई थातिराखेर जनताको बहुदलीय जनबादलाई नमानी सुखै छैन भने खुला मनले जबजलाई आत्मसात गर्नुहोस् , तपाई प्रतिका सयौं असन्तुष्टि , मतभेद र असन्तोषलाई थातिराखेरै भएपनी नेकपाका सम्पुर्ण कार्यकर्ताहरु नेता मान्न तयार छन ।

पार्टी एकीकरण गर्दा देशमा स्थायित्व दिन कमरेड के.पी ओलीको नेतृत्वमा दुई कम्युनिस्ट पार्टीहरु एउटै घोषणापत्र तयार पारी रास्ट्रब्यापि रुपमा होमिएकै हो । नेकपाका नेता कार्यकर्ताहरुमात्र हैन, अन्य सर्वसाधारण जनताको अपार माया, समर्थन र बिश्वास सहित बर्तमान प्रधानमन्त्रीलाई ५ बर्ष शासन गर्न जनताले दिएको तमसुक हैन र ? अब यस्तो छलछामको राजनीति छोडौ कमरेड ।

आमनिर्वाचन पश्चात् झन्डै दुई तिहाई मत प्राप्त गरेका पार्टीहरु एकीकरण गर्नु आफैमा एतिहासिक कार्य थियो र त्यो दुई अध्यक्षहरु मिलेर पूरा गर्नुभयो तर त्यसपछि सरकारले लिएका दुरगामी महत्त्वका निर्णयहरुमा पार्टीले पुर्णरुपमा अपनत्व लिन नसक्दाको परिणामले सरकारले गरेका राम्रा कामहरुको जनस्तरमा प्रचारप्रसार हुन सकेन किनकी तपाईहरुले कार्यकर्ताको बीचमा बाँसको पर्दा ९द्यबmदयय अगचतबष्ल ०लगाइदिनुभएको छ । यसको आसय कि त तपाईंहरु सिमितरुपमा यसको प्रचारप्रसार होस भन्ने चाहनुहुन्छ या जबर्जस्ती आफुले त्यसको हांस्यास्पद जस लिन पाइयोस भन्ने मनोकाँक्षा पाल्नुभएको छ ।

संसदिय प्रणालीमा हरेक कुराहरु चाहे राम्रो होस या नराम्रो दुबैको जस या अपजस देशको कार्यकारी प्रमुख (प्रधानमन्त्री) लाई जान्छ भन्ने सामान्य सिद्धान्तलाई पनि आत्मसात गर्न नसक्नु कुन्ठा बाहेक अरु के होला र कमरेड ?

सरकारले गरेका कामहरूको अपनत्व लिन किन कन्जुस्याइँ हो जनताले नबुझेको कुरा यो हो । के सरकारक यी कामहरु गलत हुन ?
१, भारतीय नाकाबन्दीको डटेर सामना गर्नु, चीनसंग ब्यापार र पारवहन सन्धि गर्नु
२,लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको चुच्चे नक्सा निकाल्नु ।
३, बर्षमा २० कि. मि. सडक कालोपत्र नहुने देशमा दिनमा सरदर ६ कि मि सडक कालोपत्र हुनु ।
४, निर्यातमा उल्लेख्य वृद्धि लगभग २० प्रतिशत हुनु ।
५, सयौं पुल पुलेसाको निर्माण ,पोखरा बिमानस्थल,धरहराको निर्माण गौतमबुद्ध बिमानस्थल ,त्रिभुवन बिमानस्थलको स्तरोन्नति र सुधार गर्नु ।
६, रेलमार्गको बिकासमा द्रुतगतिमा कार्य संचालन ,तुइन बिस्थापन ,रंगशाला निर्माण हुनु ।
७,प्रहरी प्रमुख छनौटमा एउटै मापदण्ड लागु गर्नु ।
८,बर्सौदेखी बेचेर खाएका सरकारी जग्गाहरुको खोजिकार्य र सरकारिकरण गर्नु ।
९ं, पेट्रोलियम पाइपलाइनको निर्माण गर्नु।
१०, कोशी र नारायणी नदिमा नेपालका नदिहरुको बहाव अनुसारको पानीजहाज संचालन गर्नु
११, बिदेशीएका युवाहरूलाई आकर्शित गर्ने उत्पादनमुखी कृषि कार्यक्रममा जोड दिनु ।
१२,नेपालको रास्ट्रिय हितमा लिएको चट्टानि अडान जस्ता कुराहरुको लागि के.पी ओलीलाई जस दिनुपर्दैन र?

कमरेड प्रचण्ड २ पटक प्रधानमन्त्री हुँदा, माधव नेपाल , झलनाथ खनाल एक एक पटक प्रधानमन्त्री हुँदा र लामो समयसम्म पार्टीको प्रमुख हुँदा न यस्ता कार्यहरू गर्नुभयो न त पार्टीले निर्णय गरेर सरकारलाई दवाब दिनुभयो । चितवन जादा एउटा कुरा, काठमाडौँ आउदा अर्को बालुवाटारमा एउटा सम्झौता ,खुमलटारमा अर्को जस्ता बेसारे चरीत्र तुरुन्त बन्द गरौ कमरेड नत्र पार्टी एकीकरण गर्दा पाउनुभएको वाह वाह त्यसरी नै क्षयिकरण हुदैजाने निश्चित छ।

के साच्चै केपी ओलीको बिकल्प खोज्ने बेला भएको हो त ? बिकल्प हैन सरकारलाई सहयोग गरेर सफल बनाउने जिम्मा लिनुहोस तवमात्र रास्ट्र, जनता र तपाईहरुको भलो हुनेछ । अढाई बर्षको सरकारको दौरानमा ६ पटक जति त तपाईहरुले राजिनामानै माग्नुभएछ । आधा समय त सरकार बचाउन नै प्रधानमन्त्रीले खर्चिनु पर्यो जस्तो छ र बाकी आधा समयमा भएका कामहरू प्रसंसनीय र उल्लेख्य नै छन । केही कमिकमजोरी सरकार संचालनमा अवस्य भएका छन । प्रधानमन्त्रीले सच्याउनु होला र सच्याउछु भनेर प्रतिबद्धता जनाइसकेको अवस्थामा बेकारको कचिंगल झिकेर समृद्धिको यात्रालाई दुर्घटनाबाट जोगाउने दायित्व के तपाईहरुको हैन?

तपाईहरु प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल एकप्रकारले टेष्टेड नेताहरु हो र जनताले तपाईहरुको कार्यशैली कार्यकाल राम्ररी हेरिसकेका छन । पार्टीमा कार्यकारी अध्यक्षको हैसियत प्राप्त भएपछी पार्टी एकीकरणको प्रक्रिया कहाँ अडकिएको छ रु पार्टीलाई चलायमान बनाउन किन सक्नुभएन रु जनबर्गिय संगठनहरुको एकतालाई टुङ्गोमा पुर्याउन किन सक्नुभएन ? पार्टीमा किन बारम्बार गुटगत भेलाले प्रस्रय पाइरहेको छ ? पुर्व पार्टीको साइज, कार्यकर्ताहरुको क्रियाशिलता, वास्तविक संगठित सदस्यहरु बाहेककालाई पनि मनपरि संगठित सदस्यता वितरण गरेर पार्टी कब्जा गर्ने सोच राख्नुभएको छभने त्यो दिवास्वप्ना बाहेक अरुकेही हुनेछैन । यी सारा कुराहरूलाई बिचार गर्दा प्रधानमन्त्री को हैन , कमरेड प्रचण्डको राजिनामा कार्यकर्ताहरुले माग्ने दिन अवस्य आउनसक्छ ।

महाधिवेशनमा प्रधानमन्त्रीले अध्यक्ष मा नउठने लिखित प्रतिबद्धता गरिदिनुपर्ने रे १ यो कस्तो विधि र प्रक्रिया हो रु यसले तपाईहरुको लोकप्रियता कहाँसम्म रहेछ भन्ने कुराको ज्वलन्त उदाहरण यो भन्दा अर्को के होला रु तपाईहरुको अहिलेको अवस्था हिन्दी फिल्म थ्री इडियटको जस्तो आफू फेल भए भनेर चिन्ता हैन, साथी फस्ट भयो भनेर चिन्ता ,छटपटि परेजस्तो देखि बाहेक अन्य केही हैन भन्दा अत्युक्ति नहोला ।

तसर्थ घरिघरि प्रधानमन्त्रीको राजिनामा नमागौ, जनतालाई दिएको वचन, पार्टी एकीकरण गर्दाको स्पिरीट अनुसारको सहमति, स्थाइ सरकार, शुसासन ,देशको समृद्धि जस्ता कुराहरुको प्रतिबद्धताबाट एक इन्च तलमाथि गर्नुभयो भने तपाईहरुको राजनीतिमाथी जनता, कार्यकर्ताहरुले अवस्य औला उठाउनेछन । तसर्थ कित यो म्यानडेट अथवा सहमतिमा रहेर समृद्ध नेपाल सुखी नेपालीको रास्ट्रिय संकल्पमा समाहित भएर पार्टीलाई एकीकृत गरेर लानुपर्यो कि त एकीकृत पार्टी विघटन गर्नुपर्यो । यो भन्दा अर्को विकल्प छैन अब ल्याङ ल्याङ नगरौ ।

प्रतिक्रिया दिनुहोस