२८ भाद्र २०७७, आईतवार || 13 Sep 2020, Sunday

१५ साउन , २०७७

सुनको मूल्य तोलामा ९९ हजार पुग्यो

नेपाली बजारमा सुनको मूल्य तोलामा एक लाख नजिक पुगेको छ
सुनको मूल्य तोलामा ९९ हजार पुग्यो

नेपाली बजारमा सुनको मूल्य तोलामा एक लाख नजिक पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाल सुनको प्रतितोला कारोबार मूल्य ९९ हजार रुपैयाँ तोकेको छ ।अघिल्लो दिनको तुलनामा तोलामै पाँच सय रुपैयाँले सुनको भाउ बढेको महासंघले जनाएको छ ।

यसैगरी तेजाबी सुनको भाउ पनि बढेर कारोबार मूल्य तोलाको ९८ हजार पाँच सय ६० रुपैयाँ पुगेको छ ।चाँदीको भाउ प्रतितोला १२ सय २५ रुपैयाँ तोकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस