२८ भाद्र २०७७, आईतवार || 13 Sep 2020, Sunday

प्रभु बैंक शाखा कार्यालय कोहलपुरको खाता नं ०९४०१५२७०६३०००१२ मा आर्थिक सहयोग

कोहलपुरका समर काठमाण्डौमा मृत्यु सँग जुझ्दै,परिवार बाट सहयोगको अपिल

जापानिज ईन्सेफ्लाईटिस बाट मृत्युको मुखैमा संघर्षरत समर बिकका बुबा दिपक विश्वकर्माले रुदै भने ,विन्ति छ मेरो छोरो बचाईदिनुस्
कोहलपुरका समर काठमाण्डौमा मृत्यु सँग जुझ्दै,परिवार बाट सहयोगको अपिल

 

साउन १५ गते २०७७

असार २९ गते एक्कासी बेहोस भएका १० वर्षे बालक समर वि।क कोहलपुरमा उपचाररत भर्ना भए पछि चिकित्सकले जापानिज ईन्सेफ्लाईटिस भएको बताए पछि समर विकको परिवारमा १० रेकटरको भुकम्प नै गयो । गोर्खा युनाईटेड पब्लिक स्कुलमा कक्षा ४ मा अध्ययनरत समर विक लाई बचाउन बाबा आमाले हार गुहार गरे र काठमाण्डौ स्थित ग्राण्डी अस्पताल पु¥याए।काठमाण्डौ लगेको पनि झण्डै २०र २२ दिन भयो तर समरका बाबा आमा एक मात्र सन्तान बचाउन प्रयासरत् छन् । समरको भने होश अहिले सम्म आएन् ।सबै कुरा सिध्याउदा पनि समर लाई सन्चो नभएको र चिकित्सकले भेन्टिलेटरमै राखेर उपचार गर्नुपर्ने र धैर्यताको विकल्प नभएको बताए पछि कोहलपुरको बालक समर बिक लाई बचाउन समाजसेवी सुर्य रोकायको अध्यक्षतामा १० सदस्यीय समर विक बचाउ अभियान समिति गठन भएको छ । समितिको कोषाध्यक्षमा प्रमिला शाही,सदस्यहरुमा साहित्यकार पत्रकार शंकर अशान्त,संजीव पंगेनी, दीक्षा बि.सी.,, खेमराज शर्मा, साहित्यकार नमिता बराल, सुशीला शाही,पदमा बि.क., र समाजसेवी देबिलाल बि.क. रहेका छन् ।

समितिले आजै गंगा जमुना सहकारी संस्थाका कर्मचारी परिवार बाट प्राप्त सहयोग रकम रु १० हजार ७ सय २५ रुपैया सहित प्रभु बैंकमा खाता खोलेको जानकारी दिएको छ । समरका आमा यम कुमारी विक र समाजसेवी तथा अभियानका संयोजक सुर्य रोकायका नाममा संयुक्त खाता खोलि सकेकाले बालक समर लाई बचाउन सहयोगका निम्ति परिवार र अभियान समितिले अपिल गरेको छ । जापानिज ईन्सेफ्लाईटिस बाट मृत्युको मुखैमा संघर्षरत समर बिकका बुबा दिपक विश्वकर्माले रुदै भने ,विन्ति छ मेरो छोरो बचाईदिनुस् । समाजसेवी तथा समर विक बचाउ अभियान समितिका संयोजक सुर्य रोकायले प्रभु बैंक शाखा कार्यालय कोहलपुरको खाता नं ०९४०१५२७०६३०००१२ मा आर्थिक सहयोग पठाएर बालक समर विकको जिवन बचाउन अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस