५ आश्विन २०७७, सोमबार || 21 Sep 2020, Monday

साउन १६ , २०७७

भेरी अस्पतालको पिसिआर ल्याबमा चार महिनामा साढे २० हजार नमुना परीक्षण

नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा चार महिनामा २० हजार ७०९ जनाको स्वाब परीक्षण गरिएको छ
भेरी अस्पतालको पिसिआर ल्याबमा चार महिनामा साढे २० हजार नमुना परीक्षण

नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा चार महिनामा २० हजार ७०९ जनाको स्वाब परीक्षण गरिएको छ। जसमध्ये ८६३ जनामा कोराना पोजेटिभ देखिएको छ। भेरी अस्पतालको प्रयोगशाला काठमाडौंको टेकुमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालापछि सबैभन्दा धेरै स्वाब परीक्षण गर्ने प्रयोगशाला बनेको छ।

गत बैशाख ७ देखि सञ्चालनमा आएको भेरी अस्पतालको पसिआर ल्याबमा बाँके, बर्दिया, दाङ, रोल्पा रुकुम, सुर्खेत, दैलेख डोल्पालगायत जिल्लामा संकलन गरिएको  स्वाबको परीक्षण हुँदै आएको छ। प्रयोगशालामा दैनिक १२ घण्टासम्म परीक्षण हुँदै आएको प्रयोगशाला विभाग प्रमुख प्रशन्न मिश्रले बताए। प्रयोगशालामा सुरुका दिन दैनिक  १० देखि १५ सम्म नमुना परीक्षण भए पनि पछिल्ला दिनमा दैनिक ४०० सम्म नमुना परीक्षणका लागि आउने गरेका छन्।

कोरोना संक्रमितहरुको अवस्था हेरेर पुल सिस्टमबाट दैनिक ३०० देखि ३५० वटा नमुनाको परीक्षण हुँदै आएको मिश्रले बताए।

साभार – थाहा खबर

प्रतिक्रिया दिनुहोस