३० भाद्र २०७७, मंगलवार || 15 Sep 2020, Tuesday

१६ साउन , २०७७

सार्वजनिक सवारीमा यात्रा : चिउँडोमा मास्क, सामाजिक दुरी कागजमै सीमित

मन्त्रिपरिषद्को २३ असारको बैठकले उपत्यकामा तीन जिल्ला र बाहिरको हकमा जिल्लाभित्र सार्वजनिक सवारी चल्न दिने निर्णय गर्‍यो
सार्वजनिक सवारीमा यात्रा : चिउँडोमा मास्क, सामाजिक दुरी कागजमै सीमित

मन्त्रिपरिषद्को २३ असारको बैठकले उपत्यकामा तीन जिल्ला र बाहिरको हकमा जिल्लाभित्र सार्वजनिक सवारी चल्न दिने निर्णय गर्‍यो ।

त्यसका लागि शर्त छ, सीट क्षमताको बढीमा ५० प्रतिशत यात्रु राख्ने, एक पङ्क्तिको सिटमा एक जनामात्र राख्ने, सबै यात्रुले मास्क लगाउने, स्यानिटाइजर राख्ने, चालक र सहचालकले पनि मास्क र ग्लोब्स लगाउनुपर्ने ।

सार्वजनिक यातायात त्यसरी नै चलेको छ त ? यही जान्न बिहीबार अपराह्न काठमाडौं उपत्यकाका विभिन्न रुटमा चल्ने पाँचवटा बस तथा माइक्रोबसमा हामीले यात्रा गर्‍यौं ।

यात्राको निष्कर्ष छ, कोरोना भाइरस (कोभिड–१९) फैलिन सक्ने सार्वजनिक सवारी भगवान् भरोसामा चलिरहेको छ । न त स्वास्थ्य सुरक्षाको उपाय अपनाइएको छ, न त सामाजिक दुरी कायम गरिएको छ । अनि आफूले भनेअनुसार स्वास्थ्य मापदण्ड पालना भए नभएको राज्यका निकायले पनि हरेको छैन ।

साभार – अनलाइन खबर

प्रतिक्रिया दिनुहोस