५ आश्विन २०७७, सोमबार || 21 Sep 2020, Monday

१६ साउन , २०७७

पौडी खेल्दा तिनाउमा डुबेर दुई जना वेपत्ता

तिनाउ नदीमा डुबेर रुपन्देहीमा दुई जना वेपत्ता भएका छन्
पौडी खेल्दा तिनाउमा डुबेर दुई जना वेपत्ता

तिनाउ नदीमा डुबेर रुपन्देहीमा दुई जना वेपत्ता भएका छन् ।

सियारी गाउँपालिका–३ जगहताकी ६ वर्षकी ज्योति चौधरी र बुटवल उपमहानगरपालिका–११ झोलुंगेपुलका १९ वर्षका हरि दर्जी बेपत्ता भएका रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीले जानकारी दिए ।

मामाघर गएकी ज्योति हजुरआमासँग बाख्रा चराउन गएका बेला तिनाउमा नुहाउने क्रममा डुबेकी हुन् । यस्तै बुटवल–११ झोलुङ्गेपुलस्थित तिनाउ नदीमा पौडी खेल्ने क्रममा स्थानीय हरि दर्जीलाई तिनाउले बगाएको हो ।

बेपत्ता भएकाहरुको प्रहरी टोलीले खोजतलास गरिरहेको डीएसपी खत्रीले बताए ।

साभार – अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस