२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

उपाध्यक्षमा शिव कोइराला र सदस्य सचिवमा रमेशकुमार सिलवाल

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रिय खेलकुद परिषद्(राखेप)को बोर्डमा ६ सदस्य मनोनीत गरे

मन्त्री विश्वकर्माले परम्परागत, साहसिक तथा पर्यटकीय खेल क्षेत्रको प्रतिनिधिका रुपमा नुवाकोटका गोविन्द्रप्रसाद भट्टराईलाई मनोनयन गरे
युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रिय खेलकुद परिषद्(राखेप)को बोर्डमा ६ सदस्य मनोनीत गरे

साउन १७ गते २०७७

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रिय खेलकुद परिषद्(राखेप)को बोर्डमा ६ सदस्य मनोनीत गरेका छन्। राखेपको उपाध्यक्ष र सदस्य सचिवलाई शपथ खुलाएको भोलिपल्ट मन्त्री विश्वकर्माले विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुनेगरी ६ जनालाई बोर्ड सदस्यमा मनोनयन गरेका हुन्।

राष्ट्रिय खेलकूद विकास ऐन, २०७७ अन्तर्गत राखेपको अध्यक्षमा भने मन्त्री वा राज्यमन्त्री रहने व्यवस्था छ।

मन्त्री विश्वकर्माले खेल विज्ञ, खेलकूद प्रशिक्षक, खेलकूद प्राविधिक वा एन्टी डोपिङ विज्ञका रुपमा राखेपका पूर्वअधिकृतसमेत रहनुभएका चितवनका रिम रानाभाट र ओखलढुङ्गाकी इन्दिरा निरौलालाई मनोनयन गरेका छन्। यसअघि दुवै जना सदस्यसचिव सिफारिस समितिमा सदस्य थिए।

निरौला यसअघि पनि राखेप सदस्य थिईन्।

मन्त्रीले राष्ट्रिय खेल सङ्घको सिफारिसबाट काठमाडौंका अर्जुन केसी, बागलुङका सम्पन्न श्रेष्ठ र चितवनका सुवास श्रेष्ठलाई पनि मनोनयन गरेका छन्।

मन्त्री विश्वकर्माले परम्परागत, साहसिक तथा पर्यटकीय खेल क्षेत्रको प्रतिनिधिका रुपमा नुवाकोटका गोविन्द्रप्रसाद भट्टराईलाई मनोनयन गरेका छन्।

मन्त्रालयले यसअघि नै राखेप उपाध्यक्षमा शिव कोइराला र सदस्य सचिवमा रमेशकुमार सिलवाललाई नियुक्त गरेको थियो। उनीहरुले बुधबार पदभार ग्रहण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस