२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

१७ साउन , २०७७

बाँकेका ३८६ जना कोरोना संक्रमित निको भए

बाँकेमा आज थप पाँच जना संक्रमितले कोरोनालाई जितेका छन्‌। यससँगै जिल्लामा हालसम्म ३८६ जना संक्रमितहरू संक्रमणमुक्त भएका छन्
बाँकेका ३८६ जना कोरोना संक्रमित निको भए

बाँकेमा आज थप पाँच जना संक्रमितले कोरोनालाई जितेका छन्‌। यससँगै जिल्लामा हालसम्म ३८६ जना संक्रमितहरू संक्रमणमुक्त भएका छन्‌।  कोरोना संक्रमणमुक्त भएकाहरू आज घर फर्किन लागेका जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए। उनका अनुसार खजुरा गाउँपालिका वडा नं. ३ र ६ का दुई–दुई जना र वडा नं. ४ का एक जना निको भएर घर जान लागेका हुन्‌।

संक्रमण पुष्टि भएपछि उनीहरूलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा राखी उपचार गरिएको थियो। बाँकेमा हालसम्म चार सय ३७ जना कोरोना संक्रमित पहिचान भएको छ। तीमध्ये ३८६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका हुन्‌। हालसम्म नरैनापुर, डुडुवा, बैजनाथ र जानकी गाउँपालिका कोरोनामुक्त भइसकेको स्वास्थ्य कार्यालयले दावी गरेको छ। बाँकेमा हालसम्म दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

साभार – थाहा खबर

प्रतिक्रिया दिनुहोस