२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

कोहलपुर २ नं वडा लालकिल्ला

नेकपा स्वाधिन,स्वाभिमान र आत्मनिर्भताको पक्षमा संघर्ष गर्दै : नेता कोईराला

रिबका पक्षमा,श्रमजीवि र निमुखाका पक्षमा बोल्ने वकालत गर्ने कम्युनिष्ट नेपाली जनता लाई रैती नै बनाईराख्नुपर्छ भन्ने पार्टीहरुमा धेरै दिन बस्न नसक्ने :नेता विश्वकर्मा
नेकपा स्वाधिन,स्वाभिमान र आत्मनिर्भताको पक्षमा संघर्ष गर्दै : नेता कोईराला

साउन १७ गते २०७७
नेपाल कम्युनिष्ट पार्टी नेकपा कोहलपुर २ नं वडा कमिटिले समिक्षा भेला सम्पन्न गरेको छ ।भेला लाई जिल्ला कमिटिका सचिव अशोक कोईराला ले सम्बोधन गर्दै कोभिड १९ बाट बच्दै,सामाजिक दुरी कायम गरेर भए पनि टोल स्तरिय,वडा स्तरिय बैठक गर्न निर्देशन दिएका थिए ।नेता कोईरालाले नेकपा स्वाधिन,स्वाभिमान र आत्मनिर्भताको पक्षमा संघर्ष गरिरहेकाले विकास र चेतनामा,सामाजिक एकतामा बस्न नचाहनेहरु भाग्न सक्ने भएकाले नआत्तिन निर्देशन दिए ।समिक्षा भेलामा बोल्दै नेकपा ५ नं प्रदेश कमिटि सदस्य पुजन विश्वकर्माले २ नं वडा लालकिल्ला भएकाले प्रतिकृयावादी र विदेशीहरुको प्रहारको केन्द्र बनेको खुलासा गरेका थिए ।

नेता विश्वकर्माले हिजो आज केही साथीहरु र जनताहरु समेत किन पार्टी छाड्दै गए भन्ने कार्यकर्ताको जिज्ञासा लाई सम्बोधन गर्दै नेकपाको लालनपालनमा विश्वास गर्न आग्रह गर्दै बेमौसमको बाजा धेरै नबज्ने आग्रह गरेका थिए । उनले कम्युनिष्ट जहाँ गए पनि जनताका पक्षमा,गरिबका पक्षमा,श्रमजीवि र निमुखाका पक्षमा बोल्ने वकालत गर्ने भएकाले जनता लाई पराधिन बनाउन र नेपाली जनता लाई रैती नै बनाईराख्नुपर्छ भन्ने पार्टीहरुमा धेरै दिन बस्न नसक्ने भन्दै सम्पुर्ण कम्युनिष्टहरु सँग समान व्यवहार गर्न निर्देश गरेका थिए । कोहलपुर वडा नं २ जनसंख्या र भुगोलले मात्र हैन विचार र पहुँचका हिसाबले पनि सम्भावना बोकेको वडा भएकाले नेता,कार्यकर्ता र जनप्रतिनिधिहरु एकमना एकताका साथ काम गर्न कार्यकर्ताको माग रहेको भन्दै नेकपाका नेता खिल प्रसाद भुषाल,बसन्ती अधिकारी,तुलाराज विष्ट विहानी,अब्दुल हुसेन खाँ,शोभाखर अधिकारी ,युवा संघका नेता कुश्माखर वस्याल,कुमार आचार्यले बार्षिक क्यालेन्डर बनाएर काम गर्नुपर्ने धारणा राखेका थिए ।

वडामा रहेका नेता कार्यकर्ताले विकास निर्माण र सांगठनिक गतिविधि बारे चासो राखि सुझाव समेत पेश गरेको नेकपाका नेता प्रेम पुलामी र मोती भुषालले जानकारी दिए । समिक्षा बैठकमा वडा अध्यक्ष कर्णसिंह विसि,कार्यपालिका सदस्य गिता सुनार,सदस्यहरु टेक बहादुर खत्री,बालकुमारी मल्ल र रामकिसुन थारु ले वडाका विभिन्न टोलमा भएका विकास निर्माणका काम,गर्नुपर्ने काम र टोलहरुको अवस्था बारे जानकारी गराएको वडा नेता लक्ष्मीसिंह ठकुरीले बताईन । वडा सचिव हरि रानाले संचालन गरेको समिक्षा भेलाको अध्यक्षता अध्यक्ष कमल खनालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस