३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

१८ साउन , २०७७

कोरोना भाइरस नेपाल: थप एक जनाको मृत्यु , थप २२४ जनामा कोरोनाभाइरस सङ्क्रमण

यससँगै अहिलेसम्म कोभिडका कारण मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ५७ पुगेको सरकारी तथ्याङ्कले देखाएको छ
कोरोना भाइरस नेपाल: थप एक जनाको मृत्यु , थप २२४ जनामा कोरोनाभाइरस सङ्क्रमण

कोरोनाभाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको र देशभरि २४६ जनामा कोभिड-१९ पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार जानकारी दिएको छ।

यससँगै अहिलेसम्म कोभिडका कारण मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ५७ पुगेको सरकारी तथ्याङ्कले देखाएको छ।

शनिवार अपराह्णपछि विभिन्न जिल्लामा थप २०,३३२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाण्डूमा आयोजित दैनिक प्रेस ब्रीफिङमा बताए।

निको हुनेको सङ्ख्या पनि बढिरहेको छ। विगत २४ घण्टामा १११ जना निको भएसँगै अहिलेसम्म १४,६०३ जना अर्थात् ७१.८ प्रतिशत रोगमुक्त भएका छन्।

  • नेपालमा कोरोनाभाइरसका कारण कसको मृत्यु भइरहेको छ?
  • कोरोनाभाइरसको जोखिम बढ्दो, सरकार र आममानिसले अब के गर्नुपर्छ

मन्त्रालयको तथ्याङ्कअनुसार अहिले सक्रिय सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या ५,६७२ छ।

साभार – बिबिसि

प्रतिक्रिया दिनुहोस