१ आश्विन २०७७, बिहीबार || 17 Sep 2020, Thursday

१८ साउन , २०७७

आरडिटी परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आरडिटी परीक्षण नगर्न निर्देशन दिएको छ
आरडिटी परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आरडिटी परीक्षण नगर्न निर्देशन दिएको छ। कोभिड १९ को नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आरडिटी परीक्षण नगर्न निर्देशन दिएका हुन्।

सात वटै प्रदेश, स्थानीय तह र अस्पताललाई आरडिटी परीक्षण नगर्न डा गौतमले जानकारी गराएका छन्। यसअघि विश्व स्वास्थ्य संगठनले मान्यता नदिएको आरडिटी परीक्षणलाई सरकारले मान्यता दिँदै आएको थियो।

पिसिआर परीक्षणको दायरा बढाउन र आरडिटी बन्द गर्न विभिन्न विज्ञहरुले सुझाव दिँदै आएका थिए भने यसका लागि विभिन्न आन्दोलन समेत भएका थिए।

साभार – स्वास्थ्य खबर

प्रतिक्रिया दिनुहोस