३० भाद्र २०७७, मंगलवार || 15 Sep 2020, Tuesday

१० देखि ७३ वर्ष उमेर समूहका

पर्सामा सेना, प्रहरी र पत्रकारसहित ७३ जनामा कोरोना संक्रमण पुष्टि

मास ट्रेसिङमा पीसीआर परीक्षण गराएका २६ जना, एक घर एक परिक्षण जाँच गराएका ७ जना र कन्ट्याक्ट ट्रेसिङमा परेका २५ जनामा संक्रमण
पर्सामा सेना, प्रहरी र पत्रकारसहित ७३ जनामा कोरोना संक्रमण पुष्टि

साउन १९ गते २०७७

पर्सामा सेना, प्रहरी र पत्रकारसहित थप ७३ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै पर्सामा संक्रमितको संख्या ५ सय ८० पुगेको छ। वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ६१ जना पुरूष र १२ जना महिलामा संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जानकारी दिएको छ। आइतबार राति संक्रमण पुष्टि भएकाहरू १० देखि ७३ वर्ष उमेर समूहका छन्। मास ट्रेसिङ, एक घर एक परीक्षण र कन्ट्याक्ट ट्रेसिङमा परेका रहेका छन् । मास ट्रेसिङमा पीसीआर परीक्षण गराएका २६ जना, एक घर एक परिक्षण जाँच गराएका ७ जना र कन्ट्याक्ट ट्रेसिङमा परेका २५ जनामा संक्रमण देखिए नारायणी अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट मदन कुमार उपाध्यायले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस