३० भाद्र २०७७, मंगलवार || 15 Sep 2020, Tuesday

१९ साउन , २०७७

नासा स्पेसएक्स: ड्रयागन क्याप्स्यूल अन्तरिक्ष यानले यसरी गर्यो पानीमा अवतरण

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) पुगेका दुई जना अन्तरिक्षयात्रीहरू बब बेन्कन र डग हर्ली पृथ्वीमा फर्किएका छन्।
नासा स्पेसएक्स: ड्रयागन क्याप्स्यूल अन्तरिक्ष यानले यसरी गर्यो पानीमा अवतरण

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) पुगेका दुई जना अन्तरिक्षयात्रीहरू बब बेन्कन र डग हर्ली पृथ्वीमा फर्किएका छन्।

स्पेस एक्स ड्रयागन क्याप्स्यूल नाम गरेको अन्तरिक्ष यानबाट फर्केका ती दुई अन्तरिक्षयात्रीहरूले पश्चिमी फ्लोरिडाको पेन्साकोलाको तटको दक्षिण तर्फ रहेको गल्फ अफ मेक्सिकोमा अवतरण गरेका थिए।

लगत्तै उनीहरूलाई त्यसबाट निकाल्न उद्धारका लागि तयार पारिएको पानीजहाज पुगेको थियो।

यो ४५ वर्षअघि अपोलो कमान्ड मोड्युलको अन्तिम अवतरणपछि पहिलो पटक पानीमा अवतरण गरेको अमेरिकी मानवसहितको यात्रा हो।

  • अन्तिम समयमा रोकियो भाडाको यानमा अन्तरिक्ष केन्द्र पुग्ने अमेरिकाको यात्रा
  • नासाले भाडाको यान प्रयोग गरेर स्पेस एक्स प्रक्षेपण गर्दै
  • दुई अमेरिकी अन्तरिक्षयात्री पृथ्वी फर्किँदै, समुद्रमा अवतरण गर्ने तयारी

“स्पेस एक्स र नासाको टोलीका तर्फबाट पृथ्वीमा पुनः स्वागत छ। स्पेस एक्समा उडाउनु भएकोमा धन्यवाद,” स्पेस एक्स मिसन कन्ट्रोलले अवतरणपछि भन्यो।

दुई महिनाअघि उक्त क्याप्स्यूल प्रक्षेपणको कार्यक्रममा सहभागी भएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सुरक्षित अवतरणको स्वागत गरेका छन्।

“सबैलाई धन्यवाद,” उनले ट्विट गरेका छन्। “दुई महिना लामो मिसन सम्पन्न गरेर नासाका अन्तरिक्ष यात्रीहरू पृथ्वीमा फर्किएको विषय सुखद छ।”

उक्त क्याप्स्यूलको अवतरणका क्रममा चारवटा प्यारासुट प्रयोग गरिएको थियो।

करिब ५६० किलोमिटर प्रतिघण्टाको गतिमा तल झरिरहेको उक्त क्याप्स्यूलको गतिलाई प्यारासुटले समुद्र छुने बेला करिब २४ किलोमिटर प्रतिघण्टामा सीमित गरिदिएका थिए।

अवतरणपछि अन्तरिक्षयात्रीहरूलाई चिकित्सकहरूको टोलीले परीक्षण गरेका थिए।

त्यसपछि उनीहरूलाई हेलिकोप्टरद्वारा किनारमा लगिएको थियो।

साभार – बिबिसि

प्रतिक्रिया दिनुहोस