१ आश्विन २०७७, बिहीबार || 17 Sep 2020, Thursday

१९ साउन , २०७७

थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि

देशभरका प्रयोगशालामा ७ हजार ६३७ नमुना परीक्षण
थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ६३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ७५० पुगेको छ । उनीहरुमध्ये ५७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस