३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

१९ साउन , २०७७

साढे तीन लाख घुससहित समातिए निकुञ्‍जका दुई अधिकृत

बाँके राष्ट्रिय निकुञ्जका अधिकृत स्तरका दुई कर्मचारी घुससहित पक्राउ परेका छन्
साढे तीन लाख घुससहित समातिए निकुञ्‍जका दुई अधिकृत

बाँके राष्ट्रिय निकुञ्जका अधिकृत स्तरका दुई कर्मचारी घुससहित पक्राउ परेका छन्। विशेष सुराकीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटिएका आयोगको टोलीले निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकायलाई तीन लाख ४८ हजार रुपैयाँसहित पक्राउ गरेको हो।

भट्टराई र रोकायका साथबाट बैंकमा जम्मा गरेको पाँच लाखको भौचर पनि बरामद भएको आयोग बुटवलका सूचना अधिकारी सुरेश भुसालले बताए। पक्राउ परेका भट्टराई र रोकायलाई थप अनुसन्धानका लागि बुटवल लगिएको आयोगले जनाएको छ।  आयोगले दुई साताअघि नेपालगन्जस्थित भेरी अस्पतालका कम्प्युटर सहायक अरुणराज खनाललाई १६ लाख नगद सहित नियन्त्रणमा लिएको थियो।
साभार – थाहा खबर

 

प्रतिक्रिया दिनुहोस