२८ भाद्र २०७७, आईतवार || 13 Sep 2020, Sunday

३ करोड ६७ लाख ३९ हजार ७सय ७० रुपैयाँ बराबरको भौतिक क्षति

कर्णाली प्रदेशमा बाढीपहिरोबाट बैशाख यता ४३ जनाको मृत्यु

बाढीपहिरोमा परेका मध्ये जाजरकोटमा २ जना र कालिकोटमा ७ जना अझै वेपत्ता रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ
कर्णाली प्रदेशमा बाढीपहिरोबाट बैशाख यता ४३ जनाको मृत्यु

 

साउन २० गते २०७७

 

कर्णाली प्रदेशमा यो वर्ष अहिलेसम्म बाढीपहिरोमा ४३ जनाको मृत्यु भएको छ। ९ जना अझ वेपत्ता छन् भने २४ जना घाइते भएका छन्। ३ करोड ६७ लाख ३९ हजार ७सय ७० रुपैयाँ बराबरको भौतिक क्षति भएको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालयमा भएको तथ्याङ्क अनुसार सुर्खेत, सल्यान र दैलेखमा १र१ जना, जाजरकोटमा १५ जना, कालिकोटमा २१ जना, रुकुम पश्चिममा ४ जनाको बाढीपहिरोमा मृत्यु भएको छ।

यस्तै दैलेखमा ६, जाजरकोटमा ७, कालिकोटमा ९, रूकुम पश्चिममा २ जना घाइते छन्। बाढीपहिरोमा परेका मध्ये जाजरकोटमा २ जना र कालिकोटमा ७ जना अझै वेपत्ता रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

यो बर्खामा मात्र ८० वटा घरमा बाढीपहिरोले क्षति पुर्‍याएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ।

पूर्ण रुपमा घर क्षति भएकालाई १ लाख रुपैयाँ राहत दिइने

कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्का कारण पूर्ण रुपमा घर क्षति भएकालाई १ लाख रुपैयाँ राहत स्वरुप दिने निर्णय गरेको छ।

शनिबार बसेको मन्त्रिपरिषद बैठकले पूर्ण रुपमा घर क्षति भएकालाई आवास निर्माण सहयोग तथा राहतस्वरुप १ लाख रुपैयाँ दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस