१ आश्विन २०७७, बिहीबार || 17 Sep 2020, Thursday

२० साउन , २०७७

नाकामा झण्डै ११ हजारको परीक्षण गर्दा ४० जना संक्रमित

भक्तपुरको साँगामा ३ हजार ४८२ जना गरी १० हजार ८५३ जनाको स्वाब संकलन गरिएको थियो
नाकामा झण्डै ११ हजारको परीक्षण गर्दा ४० जना संक्रमित

काठमाडौं उपत्यका प्रवेश गर्ने तीन मुख्य नाकामा संकलन गरिएको झण्डै ११ हजार स्वाब परीक्षण गर्दा ४० जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंको थानकोट नाकामा ६ हजार ६४, फर्पिङ नाकामा १ हजार ३०७ र भक्तपुरको साँगामा ३ हजार ४८२ जना गरी १० हजार ८५३ जनाको स्वाब संकलन गरिएको थियो ।

यो सबै परीक्षण गर्दा ४० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

अहिले नाकामा स्वाब संकलन गर्न छोडिएको छ ।

साभार – अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस