३० भाद्र २०७७, मंगलवार || 15 Sep 2020, Tuesday

२० साउन , २०७७

कोरोना संकटले रोकिएन भक्तपुरको गाईजात्रा

नेवार समुदायले मनाउने यो पर्वमा वर्ष भरि दिवंगत भएका आफन्तका नाममा गाईको अनुहार र गणेशको चित अंकित गाई बनाएर सहर परिक्रमा गराउने चलन छ
कोरोना संकटले रोकिएन भक्तपुरको गाईजात्रा

आज गाईजात्रा पर्व। काठमाडौं उपत्यकासहित देशका विभिन्‍न ठाउँमा विशेष रुपमा मनाइँदै छ। यो वर्ष कोरोना भाइरसको संकटका कारण गाईजात्रा उल्लासमय हुन सकेन।

नेवार समुदायले मनाउने यो पर्वमा वर्ष भरि दिवंगत भएका आफन्तका नाममा गाईको अनुहार र गणेशको चित अंकित गाई बनाएर सहर परिक्रमा गराउने चलन छ। विश्वव्यापी कोरोना महामारीको जोखिम कायमै रहेकाले उपत्यकामा यस वर्ष गाईजात्रा मनाउनेहरूको भीड कम देख्न सकिन्छ।  गाईको अनुहार र गणेशको चित अंकित गाई बनाएर सहर परिक्रमा गराउँदा मृतात्माले यमलोक जाँदा बाटोमा पर्ने वैतरणी तर्ने र मोक्ष मिल्ने धार्मिक विश्वास रहिआएको छ।

साभार – थाहा खबर

प्रतिक्रिया दिनुहोस