३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

२१ साउन , २०७७

कपिलवस्तुमा स्वास्थ्यकर्मी र बैंकरसहित पाँचजना संक्रमित थपिए

बुधवार ५ जना थप भए पछि समुदायमा सङ्क्रमितको सङ्ख्या १० पुगेको छ
कपिलवस्तुमा स्वास्थ्यकर्मी र बैंकरसहित पाँचजना संक्रमित थपिए

पिलवस्तुको कृष्णनगर नगरपालिकाका समुदायमा कोरोना सङ्क्रमण थप भएको छ।  बुधवार ५ जना थप भए पछि समुदायमा सङ्क्रमितको सङ्ख्या १० पुगेको छ। थप भएका मध्ये नगरपालिकामा कार्यरत १ सब इन्जिनियर सहित २ कर्मचारी , १ स्वास्थ्यकर्मी, र २ जना नेपाल बैङ्क कृष्णनगरका कर्मचारीमा रहेका छन्।

समुदायमा समुदायमा कोरोना जाँच गर्नका लागी कृष्णनगर नगरपालिकाबाट १३३ नमुना सङ्कलन गरिएको थियो।​मङ्गलवार १ बैङ्कका कर्मचारी, १ जना स्थानीय व्यापारी , १ जना शिक्षक र २ विद्यार्थीमा कोरोना देखिएको थियो। जिल्लामा कुल ८११ सङ्क्रमित मध्ये ६३ जना उपचाररत रहेका छन्। समुदायमा कोरोना परीक्षण गराउँदा महाराजगन्ज नगरपालिका र यशोधरा गाउँपालिकामा कोरोना रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताए।
साभार – अनलाइन खबर

प्रतिक्रिया दिनुहोस