३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

२१ साउन , २०७७

२४ घण्टामा थपिए ३ सय ८१ जना कोरोना संक्रमित

हालसम्म  संक्रमित हुनेको संख्या कुल २१ हजार ३ सय ९० जना संक्रमित पुगेको छ
२४ घण्टामा थपिए ३ सय ८१ जना कोरोना संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ८१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।  देशभरका प्रयोगशालामा गरिएको नमुना परीक्षणबाट हालसम्म  संक्रमित हुनेको संख्या कुल २१ हजार ३ सय ९० जना संक्रमित पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।  जागेश्‍वर गौतमले नियमित प्रेस ब्रिफिङमा उक्त कुराको जानकारी दिएका हुन्।  त्यस्तै, गत २४ घण्टामा  १ सय  ३० जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या १५ हजार १ सय ५६ पुगेको छ।

प्रतिक्रिया दिनुहोस