३० भाद्र २०७७, मंगलवार || 15 Sep 2020, Tuesday

२३ साउन , २०७७

डाक्टर एन्थोनी फाउची भन्छन्– मलाई मार्ने धम्की आयो

कोरोना महामारी नियन्त्रणका लागि अमेरिकामा के–के भइरहेको छ भनेर सार्वजनिक रुपमा विस्तारमा बताएकाले आफूले धम्की आएको उनको भनाइ छ
डाक्टर एन्थोनी फाउची भन्छन्– मलाई मार्ने धम्की आयो

अमेरिकाका वरिष्ठ फिजिसियन डाक्टर एन्थोनी फाउचीले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । छोरीहरुलाई पनि दुःख दिने काम भइरहेको उनले बताएका छन् ।

कोरोना महामारी नियन्त्रणका लागि अमेरिकामा के–के भइरहेको छ भनेर सार्वजनिक रुपमा विस्तारमा बताएकाले आफूले धम्की आएको उनको भनाइ छ ।

ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका सदस्यसमेत रहेका डाक्टर फाउचीले सीएनएनसँग कुरा गर्दै भनेका छन्, ‘मलाई र मेरो परिवारका सदस्यलाई मार्ने धम्की दिने, मेरा छोरीहरुलाई पनि दुःख दिने ताकि मैले आफ्नोलागि सुरक्षाकर्मी राख्नुपर्छ । यो त आफैंमा अजिब छ ।’

उनले अगाडि भने, ‘म सपनामा पनि सोच्न सक्दैन कि त्यो यदि हदसम्म गर्छ र मलाई मार्ने धम्की दिन्छ ।’

उनले आफूलाई धम्की दिने व्यक्ति को हुन् भन्ने खुलाएका छैनन् ।

कोरोना भाइरसविरुद्धको संघर्षमा फाउची डटेर लागेका छन्, जसका कारण उनी अमेरिकाभर चिनिएका छन् । कोरोना नियन्त्रणको सवालमा उनले धेरै पटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि असहमति जनाउने गरेका छन् ।

साभार – अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस