३० भाद्र २०७७, मंगलवार || 15 Sep 2020, Tuesday

२३ साउन , २०७७

शुक्रबार बिहानै निषेधाज्ञा उलंघन गर्ने दुईसय बढी परे कारवाहीमा

कोरोना संक्रमितको संख्या बढेपछि बाँकेमा निषेधज्ञा जारी गरिएको छ
शुक्रबार बिहानै निषेधाज्ञा उलंघन गर्ने दुईसय बढी परे कारवाहीमा

बाँकेमा शुक्रबार बिहानै निषेधाज्ञा उलंघन गर्ने करिव २ सयलाई नियन्त्रणमा लिएर कारवाही गरेको छ । कोरोना संक्रमितको संख्या बढेपछि बाँकेमा निषेधज्ञा जारी गरिएको छ ।

कोरोना संक्रमितको पारो व्हात्तै बढेपछि जिल्लामा जारी गरेको निषेधाज्ञा कार्यन्वयन गर्न बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ग र बाँकेका प्रहरी प्रमुख ओमबहादुर राना आफै फिल्डमै खटेर यसरी अवज्ञा गर्नेलाई कारवाही थालिएको हो ।

‘शुक्रबार बिहानैदेखि निषेधाज्ञाको उलंघन गर्नेलाई नियन्त्रणमा लिएर नेपालगञ्जको विभिन्न स्थानमा होल्डिङ्ग गरी राखिएको छ । केहीलाई क्वारेन्टाईन पठाईएको छ’– प्रहरी प्रमुख रानाले भने ।

उनले अत्यावश्यक बाहेकका सेवा र पसल खोल्ने, अटो, रिक्सा सञ्चालन गर्नेलाई नियन्त्रणमा लिएर संक्रमण रोग नियमन उलंघन ऐन अन्तरगत सय रुपैया जरिवाना लिएर छाडिएको बताए ।

साभार – सदरलाइन

 

प्रतिक्रिया दिनुहोस