३० भाद्र २०७७, मंगलवार || 15 Sep 2020, Tuesday

२३ साउन , २०७७

तीव्र गतिमा फैलियो संक्रमण, शुक्रबार थपिए ४६४ संक्रमित

हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ३३० छ
तीव्र गतिमा फैलियो संक्रमण, शुक्रबार थपिए ४६४ संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा ४६४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। देशभरका प्रयोगशालामा सात हजार ९२६ पिसिआर परीक्षणमा उनीहरूको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ३३० छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा  जागेश्‍वर गौतमले नियमित प्रेस ब्रिफिङमा उक्त कुराको जानकारी दिएका हुन्।​त्यस्तै,  २४ घण्टामा  ४२५ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या १५ हजार ८ सय १४ पुगेको छ।
साभार – थाहा खबर

प्रतिक्रिया दिनुहोस