३० भाद्र २०७७, मंगलवार || 15 Sep 2020, Tuesday

२३ साउन , २०७७

कोरोना संक्रमितको संख्या बढेकामा राष्ट्रपति चिन्तित

राष्ट्रपति विद्यादेवी भण्डारीले हालैका दिनमा कोरोना संक्रमितको संख्या बढेकामा चिन्ता व्यक्त गरेकी छन्
कोरोना संक्रमितको संख्या बढेकामा राष्ट्रपति चिन्तित

राष्ट्रपति विद्यादेवी भण्डारीले हालैका दिनमा कोरोना संक्रमितको संख्या बढेकामा चिन्ता व्यक्त गरेकी छन् ।

शुक्रबार कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेल र अन्य मन्त्रीहरु सँगको भेटमा उनले कोरोना भाइरसको रोकथामका लागि सरकारले जारी गरेका निर्देशन र मापदण्ड पालना गर्नुपर्ने बताइन् ।

कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदम र यसका लागि अपनाएका उपाय प्रभावकारी रहेको भन्दै राष्ट्रपति भण्डारीले बन्दाबन्दीको कारण शहरी क्षेत्रमा दैनिक ज्यालादारी गर्नेलगायत निजी क्षेत्रका उद्योग व्यवसायका श्रमिकले रोजगारी गुमाउनुपरेकामा चिन्ता व्यक्त गरिन् ।

उपप्रधानमन्त्री पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोभिड-१९ महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले हालसम्म गरेका कामबारे राष्ट्रपतिलाई जानकारी गराएका राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

साभार – अनलाइन खबर

प्रतिक्रिया दिनुहोस