३० भाद्र २०७७, मंगलवार || 15 Sep 2020, Tuesday

२३ साउन , २०७७

श्रीलंकाको निर्वाचनमा राजपाक्षको पार्टीलाई बहुमत

आलोचकहरुले भने राजपाक्ष दाजुभाइले अहिले पाएको अधिकार दुरुपयोग गर्दै प्रहरी र न्यायालयलाई पनि आफ्नो हातमा लिन सक्ने आशंका व्यक्त गरेका छन्
श्रीलंकाको निर्वाचनमा राजपाक्षको पार्टीलाई बहुमत

श्रीलंकाको संसदीय निर्वाचनमा प्रधानमन्त्री महिन्दा राजपाक्षको पार्टी श्रीलंका पोडुजना पार्टी (एसएलपीपी) ले स्पष्ट बहुमत हासिल गरेको छ ।

शुक्रबार सार्वजनिक गरिएको अन्तिम मत परिणाम अनुसार एसएलपीपीले २२५ सिटमध्ये १४५ सिटमा जित हासिल गरेको हो । यो निर्वाचनमा ७५ प्रतिशत मतदाताले आफ्नो मताधिकार गरेको बताइएको छ । एसएलपीपीको प्रमुख प्रतिपक्षी दलले केवल ५४ सिटमा जित हासिल गरेको छ ।

प्रधानमन्त्री महिन्दा राजपाक्षले सोही पदको लागि आफ्नै भाइबाट शपथ ग्रहण गर्नेछन् । प्रधानमन्त्रीका भाइ गोटाभाय राजपाक्ष श्रीलंकाका राष्ट्रपति हुन् । यो निर्वाचनमा जित हात पारेसँगै राजपाक्ष दाजुभाइलाई संविधान परिवर्तन गर्ने र सरकार बलियो बनाउने मौका मिलेको छ ।

राष्ट्रपति गोटाभय राजपाक्षले सामाजिक सञ्जाल ट्वीटरमा यो निर्वाचनमा आफ्नो समृद्धिको योजनालाई आगामी दिनमा वास्ताविकतामा ढाल्न सक्ने विश्वासका साथमा मानिसहरुले मतदान गरेको बताएका छन् ।

आलोचकहरुले भने राजपाक्ष दाजुभाइले अहिले पाएको अधिकार दुरुपयोग गर्दै प्रहरी र न्यायालयलाई पनि आफ्नो हातमा लिन सक्ने आशंका व्यक्त गरेका छन् ।

साथै राष्ट्रपतीय कार्यकालमाथिको अंकुश पनि हटाउन सक्ने उनीहरुको आशंका छ । श्रीलंकाको विपक्षी पार्टीले सरकारमाथि भ्रष्टाचार, सेन्सरसिप र मानिसहरुलाई आतंकित पारेको आरोप लगाउँदै आएको छ ।

साभार – अनलाइन खबर

प्रतिक्रिया दिनुहोस