२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

२६ साउन , २०७७

बाँकेमा सडक दुर्घटनाबाट एक वर्षमा ७३ जनाले ज्यान गुमाए

बाँकेमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परेर मात्रै ७३ जनाले ज्यान गुमाएका छन्
बाँकेमा सडक दुर्घटनाबाट एक वर्षमा ७३ जनाले ज्यान गुमाए

बाँकेमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परेर मात्रै ७३ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक कार्यालय बाँकेका अनुसार गत वर्षको साउनदेखि यो असार मसान्त सममामा साना ठूला गरी जिल्लामा १ सय ९१ वटा सवारी दुर्घटना हुँदा ७३ जनाले ज्यान गुमाएका हुन ।

जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख ट्राफिक प्रहरी निरिक्षक पबिन्द्र बमले बाँकेमा गत वर्ष भएका सडक दुर्घटनामा परेर २८० जना घाइते भएको र ती मध्ये १५८ जना भने गम्भीर घाइते भएको जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार जिल्लामा सवारी दुर्घटनामा पर्ने सवारीको साधनको प्रकारमा भने मोटरसाइकल सबैभन्दा अगाडि छ । एक बर्षको अवधिमा १ सय ३० वटा मोटरसाईकल दुर्घटना भएका छन् । त्यसैगरी ट्रक, ट्याङ्कर सम्वन्धि ३३ वटा, टिप्पर ४ र जिप, कार, बस, माईक्रोबस लगायत सम्वन्धित २४ वटा सडक दुर्घटना भएका छन् ।

ट्राफिक प्रहरीको तथ्याङ्कमा जिल्लामा भएका सवारी दुर्घटना मध्ये सबैभन्दा बढी पूर्व–पश्चिम राजमार्ग र नेपालगञ्ज–सुर्खेत सडक खण्डमा भएका छन् । यी सडकमा कूल १२२ वटा दुर्घटना भएको तथ्याङ्क रहेको निरीक्षक बमले बताए ।

उनले दुर्घटनाको दर बढेपछि ट्राफिक प्रहरीले सडक सुरक्षालाई ध्यानमा राखेर जिल्लाका विभिन्न ८३ स्थानमा सडक चेतनाबोर्ड राखेको छ । यसबीचमा २५७ जना सवारी चालकको राजमार्गमै शिविर राखेर स्वास्थ्य परिक्षण गरिएको र २३ हजार २ सय ८३ जना विद्यार्थी, सर्वसाधरण लाई ट्राफिक चेतनासम्बन्धित कक्षा सञ्चालन गरिएको छ ।सडक सुरक्षाका लागि लेन अनुशासन, मापसे जाँच, जथाभावि पार्किङ्ग गरिएका सवारी साधनमा व्हील लक गर्नेलगायतको काम पनि शुरु गरिएको निरिक्षक बमले बताए ।

सुरक्षाका लागि गरिएका कारबाहीबाट राजस्व समेत जम्मा भएको छ । एक बर्षको अवधिमा कूल २३ हजार ६ सय ६३ वटा सवारी साधनलाई कारवाही गरिएको र त्यसबाट १ करोड २९ लाख ६९ हजार रुपैंया राजस्व पनि संकलन भएको ट्राफिक प्रहरीको तथ्याङ्क छ ।

साभार – सदरलाइन

 

प्रतिक्रिया दिनुहोस