३० भाद्र २०७७, मंगलवार || 15 Sep 2020, Tuesday

२०७६ चैतमा मुखको खटिरा क्यान्सर पुष्टि

जनता समाजवादी पार्टीका कर्णाली प्रदेश महासचिव पञ्चसिंह रोकायको निधन

रोकाय नेपाल आदिवासी जनजाति महासंघ सुर्खेतका अध्यक्ष समेत हुन्
जनता समाजवादी पार्टीका कर्णाली प्रदेश महासचिव पञ्चसिंह रोकायको निधन

साउन २६ गते २०७७

जनता समाजवादी पार्टी (जसपा) का कर्णाली प्रदेश महासचिव पञ्चसिंह रोकायको निधन भएको छ । क्यान्सर रोगले पीडित रोकायको सोमबार बिहान आफ्नै घर सुर्खेतको लाटीकोइलीमा निधन भएको हो । रोकाय नेपाल आदिवासी जनजाति महासंघ सुर्खेतका अध्यक्ष समेत हुन् ।

उनको पाँच वर्ष अघि कलेजो ट्रान्सप्लान्ट गरिएको थियो । कलेजो ट्रान्सप्लान्ट गरेका रोकायको २०७६ चैतमा मुखको खटिरा क्यान्सर पुष्टि भएको थियो । चैतमा क्यान्सर भएका उनी उपचारपछि घर फर्किएका थिए । उनका दुई छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस