२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

मुख्य सडकमा करिब २ फिट पानी

धनगढी बजार क्षेत्र डुबानमा

धनगढीको एलएनचोक, क्याम्पस चोक, शिव नगर, वसन्तपुर, मिलन चोकलगायतका क्षेत्रहरूमा सबै भन्दा धेरै पानी जमेको छ
धनगढी  बजार क्षेत्र डुबानमा

साउन २६ गते २०७७
पानी निकासको व्यवस्था नहुँदा धनगढी बजार डुबानमा परेको छ । सोमबार बिहान परेको वर्षाका कारण धनगढी उपमहानगरपालिकाभित्र ३ सय भन्दा बढी घरमा पानी पसेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मुख्य सडकमा करिब २ फिट पानी जमेको थियो । धनगढीको एलएनचोक, क्याम्पस चोक, शिव नगर, वसन्तपुर, मिलन चोकलगायतका क्षेत्रहरूमा सबै भन्दा धेरै पानी जमेको छ ।

धनगढी उपमहानगरपालिका भित्र रहेका पानी निकासका ढलहरू बन्द हुँदा र नालाहरू अतिक्रमण हुँदा बजार क्षेत्र डुबानमा परेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस