३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

मुखर्जी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति थिए

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण

८४ वर्षीय मुखर्जी आफैंले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण

साउन २६ गते २०७७

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ । ८४ वर्षीय मुखर्जी आफैंले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

उनले एक ट्वीट गर्दै सोमबार आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएका छन् । उनले पछिल्लो एक सातायता आफ्नो सम्पर्कमा आएका मानिसहरुलाई सेल्फ आइसोलेशनमा बस्न र कोरोना भाइरसको परीक्षण गराउन आग्रह गरेका छन् ।

मुखर्जी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति थिए ।

प्रतिक्रिया दिनुहोस