३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

२६ साउन , २०७७

काबुलबाट यूएनका दुई जहाज मंगलबार नेपाल आउने

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार यूएन चार्टर्डका दुई जहाज काबुलबाट काठमाडौं आउन लागेका हुन्
काबुलबाट यूएनका दुई जहाज मंगलबार नेपाल आउने

संयुक्त राष्ट्रसंघका दुई जहाज मंगलबार काठमाडौं आउने भएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार यूएन चार्टर्डका दुई जहाज काबुलबाट काठमाडौं आउन लागेका हुन् ।

विमानस्थल कार्यालयका अनुसार मंगलबार कोलम्बियाबाट समेत एक जहाज काठमाडौं आउने भएको छ । कोलम्बियाको लाँमेई एयरलाइन्सको जहाज काठमाडौं आउन लागेको छ । मंगलबार हिमालय एयरलाइन्सको जहाज कुनमिङबाट काठमाडौं आउनेछ । यो जहाज आज कुनमिङ जानेछ ।

एयर अरेवियाको जहाज सारजहा र इत्तिहाद एयरवेजको जहाज आबुधाबीबाट काठमाडौं आउन लागेका हुन् । सोमबार नेपाल एयरलाइन्सले दोहामा दुई उडान गर्‍यो । यसमध्ये एक उडानमा १ सय ५१ जना नेपाली घर फर्किएका छन् ।

नेपाल एयरलाइन्सको अर्को जहाजले दुबईबाट २३९ जना यात्रुलाई काठमाडौं ल्याएको छ । सोमबार हिमालय एयरलाइन्सको जहाजले क्वालालाम्पुरबाट १५६ र दोहाबाट १४९ जनालाई घर फर्काएको छ ।

फ्लाई दुबईको जहाजबाट १५४ जना नेपाली काठमाडौं आएका छन् । आज श्रीलंकन एयरलाइन्सको जहाज कार्गो बोकेर काठमाडौं आएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

आन्ततिकतर्फ समिट एयरको जहाज लुक्ला उडेको छ । मनाङ हेली दुई यात्रु बोकेर खोटाङ उडेको छ । प्रभु हेलीले धादिङबाट तीन जनालाई काठमाडौं ल्याएको छ ।

श्री एयरलाइन्सको हेली दुई यात्रु बोकेर वीरगन्ज लागेको छ । कैलाश हेली ५ यात्रु बोकेर बागलुङ गएको विमानस्थलको तथ्यांकमा उल्लेख छ ।

साभार – अनलाइन खबर
प्रतिक्रिया दिनुहोस