२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

८ सय ५८ जनामा कोरोना पुष्टि

समुदायस्तरमा कोरोना फैलिएपछि कपिलवस्तुमा पूर्ण लकडाउन

जिल्ला प्रशासन कार्यालयका अनुसार २७ गते मंगलबार बिहान ५ बजे देखि ३२ गते राती १२ बजे सम्मलाई पूर्ण रुपमा लकडाउनको घोषणा
समुदायस्तरमा कोरोना फैलिएपछि कपिलवस्तुमा पूर्ण लकडाउन

साउन २७ गते २०७७

स्थानीय प्रशासनले मंगलबार बिहान ५ बजेबाट कपिलवस्तुमा पूर्णरुपले लक डाउन गरेको छ । समुदाय स्तरमा कोरोना संक्रमण बढ्न थालेपछि प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलेको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

जिल्लामा ८ सय ५८ जनामा कोरोना पुष्टि भइसकेको र यो संख्या अझै बढ्न सक्ने र त्यसबाट कोरोना संक्रमणको अवस्था भयावह हुन सक्ने भन्दै यस्तो लक डाउन गर्नु परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार २७ गते मंगलबार बिहान ५ बजे देखि ३२ गते राती १२ बजे सम्मलाई पूर्ण रुपमा लकडाउनको घोषणा गरेको छ ।

लक डाउनका कारण जिल्ला सदरमुकाम तौलिहवा, चन्द्रौटा, कृष्णनगर, वाणगंगा लगायतका मुख्य बजारहरु पूर्ण रुपमा बन्द रहेका छन् । लक डाउनको अवधी भर अति आवश्यक सेवाका पसल तथा सवारी साधान बाहेक सबै बन्द हुने जनाइएको छ ।

मेडिकल, पानी, दूधजस्ता वस्तुबाहेक सबै पसल व्यवसाय बन्द गर्ने निर्णय गरेको छ । उद्योग तथा कलकारखानाको भने स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य निर्देशिका अनुसार सुरक्षाको सर्तकता अपनाएर संचालन गर्न सकिने प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताए ।

दमकल, एम्बुलेन्स, शव बाहन, दूध, खानेपानीका गाडीहरु बाहेक अन्य सवै निजी तथा भाडाका सवारी साधानहरु संचालनमा पूर्ण रोक लगाईएको छ । राजमार्ग भएर गुड्ने गाडीहरु जिल्लामा नरोकिने गरी भने चल्न पाउने छन् ।

तरकारी र खाद्यान्न खरिदका लागि हरेक दिन बिहान ८ बजेदेखि १० बजे सम्मको समय तोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस