२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

घाइते १२ जनालाई उपचारमा लागेको खर्च बराबरको रकम उपलब्ध गराउने पनि निर्णय

चौरजहारीमा मारिएका युवाका परिवारलाई १० लाख दिने सरकारको निर्णय

सोमबार बसेको मन्त्रिपरिषद्का निर्णय मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता अर्थ तथा सूचना र प्रविधि मन्त्री युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन्
चौरजहारीमा मारिएका युवाका परिवारलाई १० लाख दिने सरकारको निर्णय

साउन २७ गते २०७७

पश्चिम रुकुमको चौरजहारी नगरपालिका-८ मा जेठ १० गते भएको घटनामा मृत्यु भएका ६ जना युवाको परिवारलाई १०/१० लाख रुपैयाँ आर्थिक सहायता दिने सरकारले निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्का निर्णय मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता अर्थ तथा सूचना र प्रविधि मन्त्री युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन् ।

दलित युवाले कथित उपल्लो जातिकी केटी भगाउन खोजेको भन्दै गाउँलेले गरेको आक्रमणमा परि जाजरकोटको भेरी नगरपालिकाका नवराज विक लगायतका युवाको ज्यान गएको थियो । उनीहरुको शव केही दिनको अन्तरमा भेरीमा भेटिएको थियो । यो घटनामा नवराज विक, गणेश बुढामगर, सन्दिप विक, लोकेन्द्र सुनार, टीकाराम सुनार र गोविन्द शाहीले ज्यान गुमाएका थिए ।

यस्तै सरकारले घटनाका घाइते १२ जनालाई उपचारमा लागेको खर्च बराबरको रकम उपलब्ध गराउने पनि निर्णय गरेको छ ।

 

साभार कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस