३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

अख्तियारमा ४१ कर्मचारीलाई कोरोना संक्रमण

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोनाभाइरसको संक्रमण

अख्तियारका अरू ३ सय ५० जनाको पनि स्वाब परीक्षणका लागि पठाइएको छ
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोनाभाइरसको संक्रमण

साउन २७ गते २०७७

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोनाभाइरसको संक्रमण भएको छ। घिमिरेलाई मंगलबार कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले  जानकारी दियो। केही दिन अघि उनका ड्राइभर र पछुवा गाडीमा हिँड्ने सात प्रहरीलाई पनि कोरोना लागेको थियो।

त्यो दिनदेखि उनी कार्यालय आएका छैनन्। स्रोतका अनुसार उनी घरै आइसोलेसनमा बसेका छन्। अहिलेसम्म अख्तियारमा घिमिरे सहित ४१ कर्मचारीलाई कोरोना संक्रमण भएको छ। उनीहरूमध्ये अहिलेसम्म कोही पनि अस्पताल भर्ना भएका छैनन्। अख्तियारका अरू ३ सय ५० जनाको पनि स्वाब परीक्षणका लागि पठाइएको छ। उनीहरूको रिपोर्ट अझै आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस