३० भाद्र २०७७, मंगलवार || 15 Sep 2020, Tuesday

हिजोमात्रै कोरोना पुष्टि

कपिलवस्तुका कोरोना संक्रमित पुरुषको बुटवलमा मृत्यु

छाती दुख्ने र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई ४ दिनअघि अस्पताल लगिएको कपिलवस्तु नगरपालिका २ का वडाअध्यक्ष रामभजन कलवारले बताए
कपिलवस्तुका कोरोना संक्रमित पुरुषको बुटवलमा मृत्यु

साउन २८ गते २०७७

रुपन्देहीको बुटवल धागो कारखानास्थित आइसोलेसनमा एक संक्रमितको मृत्यु भएको छ। कपिलवस्तुको कपिलवस्तु नगरपालिका २ का अन्दाजी ४२ वर्षीय पुरुषको गएराति चार बजे मृत्यु भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले जानकारी दिए। उनले अस्पतालबाट डिटेल आइनसकेको बताए।

छाती दुख्ने र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई ४ दिनअघि अस्पताल लगिएको कपिलवस्तु नगरपालिका २ का वडाअध्यक्ष रामभजन कलवारले बताए। उनमा हिजोमात्रै कोरोना पुष्टि भएको वडाअध्यक्ष कलवारको भनाई  छ।

प्रतिक्रिया दिनुहोस