२८ भाद्र २०७७, आईतवार || 13 Sep 2020, Sunday

अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ६६ हजार १ सय ६०

भारतमा कोरोनाबाट मृत्यु हुने ४५ हजार नाघ्यो, एकै दिन ५३ हजार बढी संक्रमित थपिए

झण्डै १ करोड ३१ लाख संक्रमति उपचारपछि संक्रमणमुक्त भएका छन् भने ७ लाख ३७ हजार ८ सय ६३ जनाको मृत्यु भएको छ
भारतमा कोरोनाबाट मृत्यु हुने ४५ हजार नाघ्यो, एकै दिन ५३ हजार बढी संक्रमित थपिए

साउन २८ गते २०७७

भारतमा पछिल्लो २४ घण्टामा ५३ हजार कोरोना संक्रमित थपिएका छन्। ८ सय ८७ संक्रमितको मृत्यु भएको छ। जम्मा २२ लाख ६७ हजार संक्रमितमध्ये हालसम्म ४५ हजार ३ सय ५३ जनाले ज्यान गुमाएका छन्। अमेरिकामा ४८ हजार, ब्राजिलमा २१ हजार ८ सय, कोलम्बियामा १० हजार, रसियामा ५ हजार १ सय, मोक्सिकोमा ४ हजार ३ सय, दक्षिण अफ्रिकामा ३ हजार ७ सय जना संक्रमति थपिएका छन्। अमेरिकामा ५ सय ३७ जनाको मृत्यु भएसँगै त्यहाँ मृत्यु हुनेको संख्या १ लाख ६६ हजार १ सय ६० पुगेको छ।

ब्राजिलमा ७ सय २१ मृतक थपिएपछि मृत्यु हुनेको संख्या १ लाख १ हजार ८ सय ५७ पुगेको छ । कोलम्बियामा ३ सय १२, मेक्सिकोमा २ सय ९२, दक्षिण अफ्रिकामा २ सय १३ र रसियामा ७० जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ७ हजार नयाँ संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या २ करोड २ लाख ३६ हजार नाघेको छ। जसमध्ये झण्डै १ करोड ३१ लाख संक्रमति उपचारपछि संक्रमणमुक्त भएका छन् भने ७ लाख ३७ हजार ८ सय ६३ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस