२ आश्विन २०७७, शुक्रबार || 18 Sep 2020, Friday

बुधबार देशभरबाट ६४ जना डिस्चार्ज भए

देशभर ४ सय ८४ कोरोना संक्रमित थपिए

आज काठमाडौंमा १ सय ९ , भक्तपुरमा ८ र ललितपुरमा २१ जनामा कोरोना पुष्टि
देशभर ४ सय ८४ कोरोना संक्रमित थपिए

साउन २८ गते २०७७
देशभर ४ सय ८४ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्।

साथै बुधबार देशभरबाट ६४ जना डिस्चार्ज भएका छन्। आज काठमाडौंमा मात्र १ सय ९ जनामा कोरोना देखिएको छ। त्यसैगरी भक्तपुरमा ८ र ललितपुरमा २१ जनामा कोरोना पुष्टि भएको गौतमले बताए।

हाल देशभरका १४ हजार ८ सय ४६ जना क्वारेन्टाइनमा बसिरहेका छन्। देशभर ७ हजार ६१३ देशभर संक्रमित रहेका गौतमले जानकारी दिए। बुधबारसम्म १६ हजार ७ सय २८ जना डिस्चार्ज भएका उनले बताए। मंगलबार देशभर ६ सय ३८ जनामा कोरोना पुष्टि भएको थियो।

प्रतिक्रिया दिनुहोस