३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

ओलीको पाँच दिनभित्र विवाद सुल्झिने दाबी

८ दिनपछि ओली-प्रचण्डबीच छलफल

दुई अध्यक्षसँगै छलफलमा महासचिव विष्णु पौडेल, प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ
८ दिनपछि ओली-प्रचण्डबीच छलफल

साउन २९ गते २०७७

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको संवादहिनता आठ दिनपछि तोडिएको छ। पछिल्लो समय पार्टीको विवाद चुलिँदै गएपछि दुई अध्यक्षबीच कुराकानी नै बन्द भएको थियो।

बिहीबार बिहान प्रधानमन्त्री ओलीसँग कुराकानी गर्न प्रचण्ड बालुवाटार पुगेका छन्।दुई अध्यक्षसँगै छलफलमा महासचिव विष्णु पौडेल, प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

यसअघि बुधबार प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवाद पाँच दिनभित्र सुल्झिने दाबी गरेका थिए। एपी(वान टेलिभिजनबाट बुधबार राति प्रसारित द ब्राभो डेल्टा शोुमा पत्रकार भूषण दाहाललाई दिएको अन्तरवार्तामा ओलीले यस्तो दाबी गरेका हुन्।

ओली र प्रचण्डबीच यसअघि साउन २० गते बालुवाटारमा छलफल भएको थियो। उक्त छलफलमा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी थिए।

प्रतिक्रिया दिनुहोस